निर्देशनमा डेब्यु गरेका अर्जुन पनि फिल्म निर्माण गर्दै « Khabarhub

निर्देशनमा डेब्यु गरेका अर्जुन पनि फिल्म निर्माण गर्दै


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौँ- संगीतकार अर्जुन पोखरेलले फिल्म निर्माण गर्ने भएका छन् । उनको कम्पनि ‘द डिभाइन म्युजिक’ ले फिल्म निर्माण गर्न लागेको छ । संगीतकारसँगै गीतकार र गायक समेत रहेका अर्जुनले म्युजिक भिडियो निर्देशनमा समेत डेब्यु गरेका छन् ।

उनी निर्देशित ‘नाथिया’ रिलिज समारोहमा उद्घोषक सञ्चारकर्मी नरेश भट्टराईले अर्जुनले फिल्म बनाउन लागेको बताए । ‘यो टिमले फिल्म निर्माण गर्दैछ । शुभकामना’-उनले भने । अर्जुनले पनि फिल्ममा कथाको काम भइरहेको बताए ।

‘हामी फिल्मबारे केही समय पश्चात जानकारी दिन्छौँ’ अर्जुनले भने । यद्दपि उनकै ‘द डिभाइन म्युजिक’ मा रहेका एक सदस्य निर्देशक विधान कार्कीले आफूहरुले ‘नबोली नबोली’ लाई कथानकको रुपमा दिन लागेको बताए ।

उद्घोषक भट्टराईले अर्जुनलाई निर्देशक गर्दै गर्दा शुभकामना दिन बोलाएका विधानले बोल्ने क्रममा आफूहरुले गीतकै टाइटलमा फिल्म बनाउन लागेको बताए । ‘हाम्रो सहकार्य अझै अगाडी बढ्छ ।

हामीले ‘नबोली नबोली’ लाई कथानकको रुप दिँदै छौं ‘ विधानले भने । फिल्मको गीत तयार भई सकेता पनि यसमा अभिनय गर्ने कलाकार र प्राविधिक टिमको छनौट भइरहेको बुझिएको छ । फिल्म निर्माणमा अर्जुनले अन्य केहिसँग सहकार्य गर्दैछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ४ : ४१ बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट