बेंसीशहरमा विपन्नको घरको छाना फेरिए « Khabarhub

बेंसीशहरमा विपन्नको घरको छाना फेरिए


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको बेंसीशहर नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छानो हटाएर टीनले छाएको छ । नगरपालिकाले विपन्न नागरिक लक्षित कार्यक्रम अन्तर्गत खरले छाएको घरलाई जस्तापाताको छानोले छाएको हो । बेँसीशहर नगरपालिका-११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाकै घरमा बित्यो । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसकेका उनको सपना अहिले पूरा भएको छ ।

बेँसीशहर नगरपालिकाले नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएसँगै पाण्डेले पनि जस्तापाताले घर छाएका हुन् । उनलाई नौ फुटको १६ थान तथा छ फुटको १८ थान जस्ता र किलाकाटी तथा अन्य व्यवस्थापनका लागि १० हजार प्रदान गरिएको बेंसीशहर नगरपालिकाले जनाएको छ । उनी मात्र होइन बेसीशहर  नगरपालिका-३ गाउँशहरका एकल महिला शुकमाया सार्कीले पनि सात फुटको १० थान र ६ फुटको १२ थान गरी २२ थान जस्तापातासँगै  १० हजार नगरपालिकाबाट लिइन् उनी अहिले जस्तापाताले छाएको घरमा बसेकी छन् ।

विपन्न नागरिक लक्षित कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छाना हटाई जस्तापाताले छाउने अभियान अन्तर्गत घरको तथ्यांक संकलन गरी नगरपालिकाभित्रका एक सय ७ घर  जस्तापाताले छाइएको बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।  उनले भने नगरपालिकाभित्र १ सय १६ घर खरको छानाका थिए त्यसमध्ये एक सय १६ घरमा जस्ताको छाना लगाइयो । ‘नगरभित्रका गरिब, विपन्न तथा असाह्यलाई माथि उठाउने स्थानीय सरकारको कर्तब्य हो ।

‘नगरपालिकाले उनीहरुलाई बस्ने बासको राम्रो व्यवस्था गर्नेछ । सबै खरले छाएका घर अब जस्तापाले छाएको छौं,’ उनले भने । बेसीशहर नगरपालिका ६ सारिङ फाँटका लिलाबहादुर घर्तीको घर यसअघि ढुंगा माटो र खरले बनाइएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण घर्तीले घरको छानोमा जस्तापाताले छाउन सकेका थिएनन् । ‘टीनले छाएर बस्ने धोको पहिल्यै देखि थियो । तर, कसरी छाउने । पैसा थिएन । अहिले पैसा पनि पाइयो । जस्तापाता पनि पाइयो । घर पनि छाएँ । स्थानीय सरकार आएपछि मेरो बर्षौंदेखिको सपना पुरा भयो । धेरै खुसी छु । आर्थिक अवस्था नाजुक भएका कारण घर जस्तापाताले छाउन नसकेका नागरिकका निम्ति घर छाइदिएको बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मिघेन्द्र पोखरेलले बताए । उनका अनुसार विपन्न नागरिकको घर जस्तापाताले छाउनका २१ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ९ : ०८ बजे

अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

सान डिएगो – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा

कांग्रेस संविधानको रक्षार्थ अघि बढ्छः सभापति थापा

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब आफ्नो पार्टी

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ