‘बबाल’ मा वरुण र जाह्न्वी « Khabarhub

‘बबाल’ मा वरुण र जाह्न्वी


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ – नेशनल अवार्ड विनर निर्देशक नीतेश तिवारीको निर्देशनमा बन्ने फिल्म ‘बबाल’ मा वरुण धावन र जाह्न्वी कपूरको अभिनय रहने भएको छ ।

निर्माण पक्षले टाइटल रिभिल गर्दै स्टारकास्ट बारे पनि जानकारी दिएको छ । दंगाल र छिछोरे जस्तो बलियो फिल्म बनाएका नीतेशले यसपटक पनि सोसल ड्रामालाई नै दर्शक समक्ष पेश गर्नेछन् । पछिल्लो दुई फिल्मबाट नीतेशले दर्शकको मन जितिसकेका छन् । ‘दर्शकको विश्वास बढ्दा हाम्रो काम अझै बलियो हुनुपर्छ’ नीतेशले भारतीय मिडियासँग कुराकानी गर्दै भनेका छन् ।

नीतेशसँग काम गर्न पाउँदा वरुण निकै उत्साहित छन् । अक्टोबर , बद्लापुर जस्ता अभिनय देखाउन सकिने फिल्म गरेका वरुण नीतेशसँग फिल्म गर्न चाहन्थे । ‘मलाइ नीतेश सरको काम निकै मन पर्छ । उहाँलाई हामीले गर्न सक्ने काम थाहा छ । अनि उहाँले दंगाल र छिछोरे जस्ता फिल्म बनाएर आफ्नो निर्देशकीय क्षमतालाई समेत प्रस्ट्याई सक्नु भएको छ’ वरुणले भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन् ।

यसैगरी टाइटल रिभिल भएपछि वरुणले शेयर गरेको पोष्टमा प्रतिक्रियाहरु आइरहेका छन् । वरुण र जाह्न्वीको जोडीलाई लिएर दर्शकले विभिन्न किसिमका कम्नेटहरु गरिरहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : २२ बजे

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय