क्रुद्ध भीडद्वारा श्रीलंकाली राष्ट्रपतिको घर घेराउ | Khabarhub Khabarhub

क्रुद्ध भीडद्वारा श्रीलंकाली राष्ट्रपतिको घर घेराउ


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा क्रुद्ध प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजापाक्षेको घर घेराउ गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीडले राजधानी कोलम्बोको मिरिहाना जिल्लामा रहेको उनको घर घेराउ गरी जबरजस्ती घरमा प्रवेश गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घर घेराउ गर्नेमध्ये ४५ जनालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै ‘संगठित अतिवादी’ हरुले मुलुकमा ‘अराजकता सिर्जना गर्न खोजेको’ जनाएको छ ।

प्रदर्शनकारीमध्ये केहीले फलामको डण्डी, भाला, लाठी र अरु धारिलो हतियार समेत बोकेर राष्ट्रपतिको घर पुगेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीले दुई सैनिक बस र चार चक्के सवारी साधनमा आगजनी गरेको जनाइएको छ ।

प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको अल जजीराले जनाएको छ । प्रदर्शनपछि सो क्षेत्रमा केही समय कर्फ्यू समेत जारी गरिएको थियो । यद्यपि केही समयपछि उक्त कर्फ्यू हटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनका क्रममा राष्ट्रपति राजापाक्षे घरमै रहेको वा नरहेको बारे स्पष्ट भइसकेको छैन । सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकट झेलिरहेको श्रीलंकामा सरकारविरुद्ध तीव्र जनआक्रोश पैदा भएको छ ।

विदेशी मुद्राको अभाव र आर्थिक संकटबीच श्रीलंकामा तेल, औषधि, छपाई कागज जस्ता सामानको आयातमा समस्या उत्पन्न भएसँगै सर्वसाधारणले कठिनाइ महसुस गर्दै आएका छन् ।

केही समयअघिमात्रै छपाई कागजको अभावमा ३० लाख विद्यार्थीको परीक्षा स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : २९ बजे

आमिरको पक्षमा सेन्सर बोर्डकाे निर्णय, ‘सितारे जमिन पर’ले पायो प्रदर्शन अनुमति

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ले

देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाले आक्रमण सुरु गरे इरान वार्ताका लागि बाध्य हुन्छ: ट्रम्प

वाशिङ्टन – इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति

टी-२० सिरिज- आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

काठमाडौं – नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

नारायणगढ-बुटवल सडक अवरुद्ध : वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

नवलपु – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व-पश्चिम