क्रुद्ध भीडद्वारा श्रीलंकाली राष्ट्रपतिको घर घेराउ « Khabarhub

क्रुद्ध भीडद्वारा श्रीलंकाली राष्ट्रपतिको घर घेराउ


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा क्रुद्ध प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजापाक्षेको घर घेराउ गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीडले राजधानी कोलम्बोको मिरिहाना जिल्लामा रहेको उनको घर घेराउ गरी जबरजस्ती घरमा प्रवेश गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घर घेराउ गर्नेमध्ये ४५ जनालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै ‘संगठित अतिवादी’ हरुले मुलुकमा ‘अराजकता सिर्जना गर्न खोजेको’ जनाएको छ ।

प्रदर्शनकारीमध्ये केहीले फलामको डण्डी, भाला, लाठी र अरु धारिलो हतियार समेत बोकेर राष्ट्रपतिको घर पुगेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीले दुई सैनिक बस र चार चक्के सवारी साधनमा आगजनी गरेको जनाइएको छ ।

प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको अल जजीराले जनाएको छ । प्रदर्शनपछि सो क्षेत्रमा केही समय कर्फ्यू समेत जारी गरिएको थियो । यद्यपि केही समयपछि उक्त कर्फ्यू हटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनका क्रममा राष्ट्रपति राजापाक्षे घरमै रहेको वा नरहेको बारे स्पष्ट भइसकेको छैन । सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकट झेलिरहेको श्रीलंकामा सरकारविरुद्ध तीव्र जनआक्रोश पैदा भएको छ ।

विदेशी मुद्राको अभाव र आर्थिक संकटबीच श्रीलंकामा तेल, औषधि, छपाई कागज जस्ता सामानको आयातमा समस्या उत्पन्न भएसँगै सर्वसाधारणले कठिनाइ महसुस गर्दै आएका छन् ।

केही समयअघिमात्रै छपाई कागजको अभावमा ३० लाख विद्यार्थीको परीक्षा स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : २९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक