विद्युत् सर्ट हुँदा पसलमा आगलागी, एक कराेडकाे क्षति   | Khabarhub Khabarhub

विद्युत् सर्ट हुँदा पसलमा आगलागी, एक कराेडकाे क्षति  


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको धनगढीमाई नगरपालिका- १० धनगढी बजारमा रहेको तीनवटा पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । बिहीबार राति स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागी हुँदा करिब एक करोड मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।

आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोलाभन्दा बढि सुनसमेत आगोमा परेको जनाएको छ । विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्ट भएको छ ।

विद्युत सर्ट भएर आगो लागलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभास बुढाथोकीले जानकारी दिए । आगो स्थानीय, प्रहरी र गोलबजार, लहान र मिर्चैया नगरपालिकाबाट आएको दमकलले नियन्त्रण लिएको जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : ४९ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको