इमरान खान भन्छन्, ‘आफूविरुद्ध अविश्वासको प्रस्ताव विदेशी षड्यन्त्र’ « Khabarhub

इमरान खान भन्छन्, ‘आफूविरुद्ध अविश्वासको प्रस्ताव विदेशी षड्यन्त्र’


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘विदेशी षड्यन्त्र’ भएको बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले यस सङ्कटलाई भारतीय उपमहाद्वीपको इतिहासका दुई कुख्यात पात्र मिर जाफरमिर सादिकको भूमिकासँग तुलना गरेको टिप्पणी गरे । ‘यी मानिसहरूले आफ्ना देशवासीहरूलाई अंग्रेजहरूको दास बनाएका थिए,’ उनले भने । 

मीर सादिक मैसुरका तत्कालीन शासक टिपू सुल्तानका मन्त्री थिए । सन् १७९८–९९ मा भएको चौथो अंग्रेज–मैसुर युद्धमा उनले श्रीराङगापट्टनमको घेराबन्दीमा टिपू सुल्तानलाई धोका दिई अंग्रेजको विजयका लागि बाटो खोलेका थिए । त्यस्तै मिर जाफरले बङ्गालको नवाब सिराज उद–दौलाको बङ्गाली सेनाको कमान्डरको रूपमा सेवा गरेका थिए जसले प्लासीको युद्धमा नवाबलाई धोका दिए । यसले भारतमा अंग्रेजी शासनको लागि बाटो खोलिदियो ।

प्रधानमन्त्री खानले विपक्षी दलहरूले ‘विदेशी षडयन्त्र’ मार्फत्  ‘देशलाई तहसनहस पार्ने’ प्रयास गरेको आरोप लगाउँदै भने, ‘विदेशी षडयन्त्रद्वारा तपाइहरूले देशलाई कसरी तहसनहस पार्नुभयो भन्ने कुरा सबैले सम्झनेछन् ।’

उनले पाकिस्तानी संसदमा प्रधानमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका विपक्षी दलहरूले विदेशीको इसारामा राष्ट्रलाई बर्बाद गरेको आरोप लगाए ।

‘षड्यन्त्रलाई सहज सफल हुन दिइनेछ भन्ने कसैले नसोचे पनि हुन्छ’ भन्दै उनले भन्नुभयो, ‘म तपाईँहरूलाई भन्न चाहन्छु कि म अन्त सम्मै लड्दैछु । मेरो राजनीतिमा आफन्तहरू छैनन्, मसँग उनीहरूका जस्ता विदेशी फ्याक्ट्रीहरू छैनन् । यो देशले यस षड्यन्त्रलाई न त भुल्नेछ न क्षमा दिनेछ ।’ 

विपक्षीहरूलाई लक्षित गर्दै उनले भने, ‘मैले राष्ट्रलाई बर्बाद गरेको भन्ने नाटक उनीहरूले किन गरिरहेका छन् ? के साढे तीन वर्षमा देश बर्बाद भयो त ? म तपाईँहरूलाई चुनौती दिन्छु कि साढे तीन वर्षमा यो सरकारले अरू कुनै सरकारले नगरेको काम गरेको छैन । यो आइतबार मत परिणाम कस्तो आउनेछ रु देशले कुन दिशा लिनेछ ?’

‘म आज यहाँ छु किनभने मार्च ७ वा ८ मा हामीले अर्कै देशबाट सन्देश पायौँ । स्वतन्त्र देशको लागि यस्तो सन्देश आफ्नो प्रधानमन्त्रीविरुद्ध मात्र होइन तर देश आफैे विरुद्ध पनि हो ।’

उनले यो विरोध वर्तमान पाकिस्तान सरकारविरुद्धभन्दा पनि इमरान खानविरुद्ध भएको दाबी गरे । उनले विपक्षी नेताहरूलाई विदेशीहरूको विश्वास पात्र बढी र पाकिस्तानी नागरिक कम भएको भन्दै व्यङ्ग्य समेत गरेका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ३ : ४२ बजे

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

प्रधानमन्त्रीले भोलि सबै समानुपातिक सांसदसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीको तर्फबाट संघीय संसदमा

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

काठमाडौँ – सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ

कैलाली दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी – कैलालीको लम्कीमा विंगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर