राउटे भेट्न टिकट ! « Khabarhub

राउटे भेट्न टिकट !


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-बस्ती छिर्न टिकट ! सुन्दा अनौठो लाग्न सक्छ। हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ। राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो। यो समुदायको छुट्टै भाषा र संस्कृति छ। सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको अन्नपूर्ण पोस्टमा खबर छ।

‘राउटेलाई हेर्न आउनेको संख्या बढ्दो छ। जथाभाबी प्रवेश गर्ने भीडले राउटेको संस्कृति हराउने खतरा छ’, गाउँपालिकाका अध्यक्ष खेमराज वली भन्छन्, ‘हामीले राउटे समुदायलाई रूपान्तरण गर्दैछौं। राउटे बस्तीमा छिर्दा टिकट काट्नुपर्छ।’ टिकट व्यवस्थाले राउटे बस्तीमा जथाभाबी प्रवेश गर्ने प्रवृत्ति नियन्त्रण हुने र आम्दानी पनि हुने गाउँपालिकाको दाबी छ। टिकटबाट संकलित रकम राउटेको उत्थान र संरक्षणमा लगानी गरिनेछ।

हाल राउटे बस्तीमा सहयोगका नाममा पुग्नेको लर्को लाग्ने गरेको छ। टिकट शुल्कबारे भने छलफल भइरहेको अध्यक्ष वलीले बताए। राउटे समुदाय बस्दै आएको वडा नम्बर ५ का वडाध्यक्ष सुरेन्द्रकुमार महताराले भने, ‘राउटे समुदाय पर्यटनको मुख्य आकर्षण पनि हो। राउटेको अवलोकन गर्न दिनहुँ मानिसको लर्को लाग्ने गरेको छ।’ टिकटबाट संकलित रकम राउटेकै शिक्षा, स्वास्थ्य र संस्कृति संरक्षणमा खर्च गरिने उनले बताए।

बुबैराखेस्थित राउटे बस्तीमा तारबारको काम थालिएको छ। बस्ती खुला हुँदा बाहिरबाट मानिस जथाभाबी प्रवेश गर्न थालेको र राउटेलाई कुलतमा फसाउन थालेपछि तारबार गर्न लागिएको गाउँपालिकाले जनाएको छ। तारबारसँगै राउटे बस्तीमा दुई जना चौकीदार पनि राखिनेछ। उनीहरुले नै बाहिरबाट आउने मानिसलाई टिकटको आधारमा मात्र प्रवेश दिनेछन्। यसले राउटे पनि सुरक्षित हुने विश्वास छ। अर्कोतर्फ राउटेको नाममा आउने राहत र सहयोगको पनि तथ्यांक हुने र सहयोगमा दोहोरापना पनि हट्ने गाउँपालिकाको तर्क छ।

कर्णाली प्रदेशका जंगलमा घुमन्ते जीवन बिताउँदै आएका राउटेहरु काठका सामान र भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका छन्। घुमन्ते जीवनका कारण राउटेको संख्या घटेको र उनीहरूको खानपानमा समस्या भएपछि यसअघि गुराँस गाउँपालिकाले पहिलोपटक राउटे समुदायलाई स्थायी नागरिकको परिचयपत्र प्रदान गरिसकेको छ। सोही परिचयपत्रका आधारमा सरकारले सामाजिक सुरक्षाबापत उपलब्ध गराउने मासिक भत्ता गाउँपालिकाले वितरण गरिरहेको छ। अहिले राउटे समुदायको संख्या एक सय ४५ जना छ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ७ : ०७ बजे

करदाता प्रोत्साहन उपहार कार्यक्रम : १५ दिनमा १० लाखभन्दा बढी योग्य कारोबार

काठमाडौं – करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या

रिहा भए दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

कायरो – सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी