पुनीतको अन्तिम फिल्म 'जेम्स' ओटीटीमा रिलिज हुँदै | Khabarhub Khabarhub

पुनीतको अन्तिम फिल्म ‘जेम्स’ ओटीटीमा रिलिज हुँदै


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण भारतीय अभिनेता पुनीत राजकुमारको अन्तिम फिल्म ‘जेम्स’ को ओटीटीमा रिलिज हुने भएको छ ।

फिल्मलाई सोनी लिभमा आउँदो अप्रिल १४ मा हेर्न पाउने निर्माण छ । ओटीटी प्लेटफर्म सोनी लिभमा कन्नडा, हिन्दी, मलयालम, तामिल र तेलुंगु भाषामा फिल्म रिलिज हुनेछ ।

पुनीतको अन्तिम फिल्म भएकाले हलमा समेत यसले राम्रो व्यापार गरेको थियो । पुनीतलाई याद गर्दैँ फ्यानहरुले यो संसारमा नभए पनि अप्पु सधैँ मनमा रहिरहने भन्दै उनको अन्तिम फिल्मलाई हेरेर अनुभव संचय गर्न भनेका छन् । पुनीत फ्यानहरु माझ अप्पु नामले परिचित छन्।

पुनीत कुमारको गत वर्ष सन् २०२१ को २९ अक्टोबरमा हृदयघातका कारण निधन भएको थियो। बेंग्लोरको विक्रम अस्पतालमा उपचारकै क्रममा उनको ४६ वर्षको उमेरमा मृत्यु भएको थियो। पुनीत चर्चित अभिनेता राजकुमारका छोरा हुन्।

बाल कलाकारबाट कलाकारिता सुरु गरेका उनी ‘अप्पु’, ‘राम’, ‘भिरा कन्नडिगा’, ‘अजय’, ‘मिलाना’, ‘अनजनी पुत्र’ लगायतका फिल्महरुमा देखिएका थिए।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : १० बजे

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार