भारतीय विदेश मन्त्रालयका प्रवक्ता बागचीले भने– एक विशेष मित्रको भव्य स्वागत « Khabarhub

भारतीय विदेश मन्त्रालयका प्रवक्ता बागचीले भने– एक विशेष मित्रको भव्य स्वागत


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको एक विशेष मित्र भएको बताएका छन् ।

तीनदिने भारतको औपचारिक भ्रमणको सिलसिलामा नयाँदिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै उनले सो कुरा बताएका हुन् ।

‘एक विशेष मित्रको भव्य स्वागत,’ भारतीय रक्षा तथा पर्यटन सहायकमन्त्री अजय भट्टले स्वागत गरेको १८ सेकेण्डको भिडयो ट्वीटरमा राखी बागचीले लेखेका छन् ।

ट्वीटरमा उनले गत जुलाईमा प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो द्वपक्षीय विदेश भ्रमण भएको समेत उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारत भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्री देउवासँग स्थानीय समय अनुसार आज ४ः३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आईटीसीमा शिष्टाचार भेट गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ४ : ४७ बजे

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो

चन्द्रप्रसाद ढकालको गुनासो- निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण भएन

काठमाडौं– निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण नभएको