बार एशोसिएशन चुनाव: सत्ता पक्ष र प्रतिपक्ष दलसम्बद्ध कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने | Khabarhub Khabarhub

बार एशोसिएशन चुनाव: सत्ता पक्ष र प्रतिपक्ष दलसम्बद्ध कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनको नयाँ कार्य समितिको चुनावमा सत्तापक्षीयसम्बद्ध कानुन व्यवसायी र प्रतिपक्षी दलसम्बद्ध कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने भएको छ ।

२६ औँ केन्द्रीय कार्य समितिका लागि सत्ता गठबन्धन पक्षधर कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्यानेल र प्रतिपक्षी दलसम्बद्ध कानुन व्यवसायी वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी प्यानेलबीच प्रतिस्पर्धा हुने भएको हो ।

घिमिरे नेतृत्वको समूह ‘बृहत् लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेसागत कानुन व्यवसायी समूह’ रहेको छ । त्यस्तै, अधिकारी नेतृत्वको ‘प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह’ रहेको छ ।

दुवै पक्षले आफू चुनावमा जित्ने दाबी गरेका छन् ।

घिमिरेले न्यायालयमा देखिएका विकृति र विसंगति शुद्धीकरणमा आफ्नो समूह जुट्ने प्रतिबद्धता जनाएका छन् ।

आफनो समूह हरेक हिसाबले अब्बल रहेको र कानुन व्यवसायीको पेसागत सुरक्षाका लागि काम गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

त्यस्तै, अधिकारीले आफ्नो समूहले कानुन साक्षरता अभियान चलाउने बताए । उनले प्रत्येक कानुन व्यवसायीले न्यायका लागि अदालत जान नसक्नेलाई निःशुल्क कानुनी सेवा दिने पनि प्रतिबद्धता जनाए ।

एशोसिएशनको चुनाव चैत १९ गते शनिबार हुनेछ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : ५५ बजे

टाटा ‘न्यु व्हील्स, न्यु डिल्स’को बुकिङमा आकर्षक डिल्स र उपहार

काठमाडौं– सन् २०२५ नंया वर्षको अवसरमा टाटा मोटर्सको अधिकारिक वितरक,

खाँडाचक्रका छ जनामा क्षयरोग पुष्टि

मान्म– जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा

तनहुँ महोत्सव सुरु, कृषि क्षेत्रको विकासमा उपप्रधानमन्त्रीको जोड

डुम्रे– उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कृषि, पर्यटन, प्रविधिका

हलिउड हिल्समा पुग्यो डढेलो, मानिसहरूको भागभागले सडक अस्तव्यस्त

क्यालिफोर्निया– अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आोगो हलिउड हिल्ससम्म उक्लिएको

परराष्ट्रमन्त्रीद्वारा काभ्रेका बाढीपीडित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा