९० लाख अफगान भोकमरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघ महासचिवको भनाइ « Khabarhub

९० लाख अफगान भोकमरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघ महासचिवको भनाइ


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले अफगानिस्तानमा ९० लाख मानिसहरू भोकमरीको जोखिममा रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै महासचिव गुटरेजले अफगानिस्तानलाई सहयोग गर्न दाताहरूसँग आह्वान समेत गरे ।

गुटरेजले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको भन्दै दाताहरूलाई सहयोगका निम्ति आह्वान गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्– ‘विगतका महिनाहरूमा अफगानिस्तानमा मानवीय अवस्था डरलाग्दो रूपमा बिग्रिएको छ। ९० लाख मानिसहरू भोकमरीको जोखिममा छन् । अर्थव्यवस्था ध्वस्त भएको छ। म दाताहरुलाई हाम्रो मागअनुसार तत्काल सहयोग उपलब्ध गराउन आह्वान गर्छु, ताकि संयुक्त राष्ट्रसंघ र साझेदारहरुले जीवन बचाउने सहायतालाई जारी राखून् ।’

गत वर्ष अगष्टमा अफगान सरकारको पतन  भएर तालिबान सत्तामा फर्किएसँगै अफगानिस्तानमा मानवअधिकारको अवस्था नाजुक भएको छ । देशमा द्वन्द्व समाप्त भए पनि मानवअधिकारको गम्भीर उल्लङ्घन जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउने गरेका छन् ।

तालिबानले गैरन्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला र केटीहरूको अधिकारमा ठूलो कटौती, सेन्सरशिप र मिडिया विरुद्ध आक्रमणहरू सहित मानवअधिकार उल्लङ्घनहरू जारी राखेको भन्दै आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ५ : ३७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक