काठमाडौँको टुडिखेलमा यसरी मनाइयो घोडेजात्रा « Khabarhub

काठमाडौँको टुडिखेलमा यसरी मनाइयो घोडेजात्रा


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व शुक्रबार काठमाडौं उपत्यकामा मनाइएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

No description available.

परापूर्वकालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा मनाइएको पाइन्छ ।

No description available.

त्यही जनविश्वास र सस्कृतिलाई निरन्तरता दिदै काठमाडौँको टुडिखेलमा नेपाली सेनाले घोडेजात्राको आयोजना गरेको थियो । घोडे जात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको थियो ।

नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँण लगाएतका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता रहेको थियो । घोडेजात्रामा सैनिकहरुले विभिन्न व्याण्डद्धारा धुनहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुमै क्याभल्री राई पास तथा डगद्वारा मार्च पास गरिएको थियो ।

No description available.

यस्तै क्रस टेण्ट पेगिङ अन्र्तगत को प्रस्तुतीमा सैनिकहरुले घोडाको साहायता दिदैँ शत्रुका टेण्ड भत्काउने शैली प्रस्तुत गरेका थिए । यस्तै तालिम प्राप्त कुकुरहरुको प्रस्तुती निकै रोचक देखिएको थियो । घोडेजात्रामा प्रस्तुत गरिएका प्रतिष्प्रधामा विजयी सेनाहरुलाई राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरीन् ।

No description available.

यात्राका लागि  निकै महत्वपूर्ण मानिएको घोडाको आधुनिक सवारी साधनको प्रयोग सँगै यसको महत्व घट्दै गएको छ । घोडा अन्य जनावर भन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले पहिले युद्धको समयमा घोडालाई विशेष रुपमा प्रयोग गर्ने गरिन्थ्यो । घोडेजात्राका दिन ललितपुरमा भने एक्लो घोडा दौडाउने परम्परा रहिआएको छ । ।

No description available.No description available.

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ६ : २८ बजे

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन 

काठमाडौं– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण

अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण

बाजुरा– अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर

‘महिला सहभागिताबारे रास्वपा सचेत छ, चार नेताको छलफललाई अन्य रुपमा नबुझौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीले नयाँ सरकार गठनका