आईओसीले पठायो पेट्रोलियम पदार्थको मूल्य सूची « Khabarhub

आईओसीले पठायो पेट्रोलियम पदार्थको मूल्य सूची

पेट्रोलको मूल्य घटेर आयो


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ ।

आज पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको निगमले जनाएको छ ।

डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ । यस्तै, मट्टितेलको मूल्य लिटरमा २२ रुपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ ।

लगातार बढिरहेको डिजेल र पेट्रोलको मूल्यवृद्धि रोकिए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार हाल पेट्रोल प्रतिलिटर २७ रुपैयाँ र डिजेलमा ३२ रुपैयाँ घाटा छ। मट्टितेलमा १ रुपैयाँ ९९ पैसा नाफा र हवाई इन्धनमा आन्तरिकतर्फ १२ रुपैयाँ ८४ पैसा तथा बाह्यतर्फ ६१ रुपैयाँ नाफा छ।

यता, एलपी ग्यासमा ९५३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ। हालको मूल्यसूची अनुसार १५ दिनमा १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमको भनाइ छ। आईओसीले नयाँ मूल्यसूची दिएसँगै निगमको घाटा प्रतिमहिना १० अर्ब नाघेको छ ।

Avatar

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : ०६ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको