गरिबी र बेरोजगारीले म्यादी बन्नेहरू « Khabarhub

गरिबी र बेरोजगारीले म्यादी बन्नेहरू


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – चैत महिनाको टन्टलापुर घाम । यहीँ घाममा चलिरहेको छ, म्यादी प्रहरीको छनोट प्रक्रिया । ६ सय ५२ सिटका लागि जिल्लामा एक हजार सात सय ७१ जनाले आवेदन दिएका छन् । १५ गतेदेखि सुरूभएको छनोट प्रक्रिया १८ गते अर्थात् आजसम्म चलिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्राङ्गडमा चलिरहेको छनोट प्रक्रियामा सयौं युवायुवतीको भीड लागिरहेको छ । यही भीडमा छिन् अमरगढी नगरपालिका–८ टाँटरकी अस्मिता दमाई ।

चर्को घामको परवाह नगरी भीडमा देखा परेकी दमाईको काखमा छ, सात–आठ महिनाको बच्चा । ‘घरमा आमा मात्रै हुनुहुन्छ । आर्थिक अवस्था पनि नाजुक छ । म्यादी प्रहरी भएपछि छोराछोरी पाल्न सहज होला भनेर भर्ना हुन् आएकी हु,’ उनले भनिन् ।

अल्प समयको लागि भए पनि रोजगारी पाइने र एकै पटक केही रकम पाउने आशामा युवाहरू म्यादी प्रहरीमा भर्ना हुन तम्सिएका हुन् । म्यादी हुन् युवादेखि पाका उमेरका व्यक्तिहरूले आवेदन दिएका छन् ।

कतिपय पारिवारिक अवस्था नाजुक भएका कारण म्यादी प्रहरी बन्न इच्छुक छन् भने कतिपय रहरले पनि म्यादी प्रहरी बन्न जिल्ला सदरमुकाममा पुगेका छन् । पारिवारिक अवस्था कमजोर भएकै कारण पढाइलाई निरन्तरता दिन म्यादी बन्न आएकी छन्, सावित्री टमटा।

डडेल्धुराको विकट भागेश्वर गाउँपालिका–२ रूपालबाट जिल्ला सदरमुकाम पुगेकी टमटा भन्छिन्, ‘आफू र परिवारको लागि यहाँ आएकी हुँ ।’
‘सात जनाको परिवार छ। आर्थिक अवस्था पनि नाजुक छ। म्यादी प्रहरी भइसकेपछि आउने रकमले आफू र भाइ बहिनीहरूको पढाइलाई निरन्तरता दिन सहज हुन्छ भनेर आएकी हुँ,’ उनले भनिन्, ‘घर खर्च चलाउँछु भनेर दाइ भारत त गएको छ। तर, पुग्दैन।’

कक्षा १० मा अध्ययनरत उनी म्यादी प्रहरी बनेर त्यहाँबाट आएको रकमले पढाइलाई निरन्तरता दिने सोचमा रहेको बताउँछिन् ।

डडेल्धुराको भागेश्वर गाउँपालिका रूपालकै नीरज ठकुराठी ब्याचुलर पढिरहेका छन् । उनी जागिर पाइने आसमा म्यादी प्रहरी बन्न आएको बताउँछन् ।

‘बेरोजगार बसेर मात्र हुँदैन काम गर्नु पर्‍यो । त्यसैले जागिर पाइने आसमा म्यादी प्रहरी बन्न आएँ,’ उनले भने, ‘म्यादी प्रहरीका लागि म अब्बल छु । निष्पक्ष रूपमा छनोट होस् ।’

देशकै सेवामा जीवन बिताउने उद्देश्यले प्रहरीमा पनि आवेदन दिएको बताउँदै उनले भने, ‘भक्कर मेडिकल रिपोर्ट आएको छ । अब लिखित हुन्छ होला। त्यो भन्दा अगाडि म्यादी बनेर थप कुरा सिक्न पाउँ ।’

म्यादी प्रहरी छनोट प्रक्रियामा सहभागीले निष्पक्ष रूपमा हुनु पर्ने नरेन्द्र भण्डारी बताउँछन् ।

‘जिल्लामा म्यादी प्रहरीको छनोटमा राजनीतिक दलको भागबन्डा हुने गरेको हल्ला छ,’ उनले भने, ‘निष्पक्ष रूपमा छनोट गर्नुपर्छ। राजनीतिक दलका आसेपासेलाई भन्दा क्षमतावान् व्यक्तिलाई अवसर दिनु पर्छ ।’

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ७ : १४ बजे

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली