आईपीएल : कोलकत्ता नाइट राइडर्सको दोस्रो जित « Khabarhub

आईपीएल : कोलकत्ता नाइट राइडर्सको दोस्रो जित


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ।

गएराति पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले दोस्रो जित दर्ता गरेको हो।

पहिलो ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो।

कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित ७० रनको शानदार इनिङ खेले। कप्तान श्रेयस आयरले २६ रन बनाए भने साम विलिङ्सले अविजित २४ रन जोडे। पञ्जाबमा राहुल चाहरले दुई विकेट लिए।

पहिले ब्याटिङ गरेको पन्जाबका लागि लागि भानुका राजपाक्षे ३१, कागिसो राबडा २५, लियाम लिभिङस्टोन १९, शिखर धवनले १६ रन जोड्दा हारप्रित ब्रारले १२ रन मात्र बनाए।

कोलकत्ताका उमेश यादवले ४ विकेट हात पारेका छन् भने टिम साउथीले २ विकेट लिए।

यो जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा कोलकत्ताले चेन्नईलाई हराएको थियो। दोस्रो खेलमा भने बैंगलोरसँग पराजित भएको थियो। कोलकोत्ता तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ६ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै