श्रीलङ्का संकट : कोलम्बोमा जारी कर्फ्यु हटाइयो | Khabarhub Khabarhub

श्रीलङ्का संकट : कोलम्बोमा जारी कर्फ्यु हटाइयो


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलङ्काको राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राति जारी कर्फ्यु आदेश शुक्रवार बिहान हटाइएको छ।

राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि त्यस क्षेत्रमा कर्फ्यु लागू गरिएको थियो। केही घण्टामै कर्फ्यु हटाइएको टाइम्सअफ इन्डियाले जनाएको छ।

चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावविरुद्ध बिहीबार आक्रोशित प्रदर्शनकारीहरूले त्यहाँ राखिएका छेकबारहरू भत्काउनुका साथै बसमा आगजनीसमेत गरेका थिए।

राष्ट्रपति गोटबय राजपक्षले हिंसात्मक आन्दोलन गर्नेलाई उग्रपन्थी तत्त्व भनेका छन्। पर्यटनले धानेको श्रीलङ्काको अर्थतन्त्र कोरोना महामारीपछि सङ्कटपूर्ण अवस्थामा पुगेको छ।

आर्थिक मन्दीपछि सडकमा उत्रिएपछि त्यहाँ आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ ।

राष्ट्रपति राजापाक्षेले संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् ।

मूल्यवृद्धि आकासिएको छ भने दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ भएको छ। कागजको अभावमा परीक्षा नै स्थगित गरिएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ४८ बजे

अदालतले पुनर्बहाली गरेसँगै राजुनाथ नगर प्रहरी कार्यालयमा 

काठमाडौं– आफुलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११