स्थानीय तह निर्वाचन : काभ्रेमा दल ३०, मतदाता ३ लाख | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचन : काभ्रेमा दल ३०, मतदाता ३ लाख


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल रहेका छन् । त्यस्तै अन्य दलले निर्वाचन चिह्न प्राप्तिका लागि निवेदन दर्ता गरेको निर्वाचन कार्यालय प्रमुख उमेशकुमार राईले जानकारी दिए।

निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन् । काभ्रेपलाञ्चोकमा दर्ता भएका ३० दलबाहेक अन्य दलले उम्मेदवारी दर्ता गर्न चाहे स्वतन्त्ररुपमा उठ्नुपर्ने राईले बताए । निर्वाचन कार्यतालिका अनुसार आउँदो वैशाख ८ गते सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा १२ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिनेछ । आयोगले वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समयसीमा तोकेको छ ।

काभ्रेपलाञ्चोकमा तीन लाख तीन हजार ५६० मतदाता रहेका छन् । यसमध्ये एक लाख ५४ हजार १८३ पुरुष, एक लाख ४९ हजार ३७५ महिला र अन्य दुईले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि जिल्लामा १८९ मतदानस्थल र ३८१ मतदान केन्द्र व्यवस्थित गर्ने भएको हो । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । ३७ हजार ५८१ मतदाता रहेको बनेपा नगरमा २४ मतदानस्थल र ४९ मतदान केन्द्र तोकिएको छ । ३८ हजार १४५ मतदाता रहेको पनौती नगरमा २० मतदानस्थल र ४४ वटा मतदान केन्द्र, २९ हजार ६९७ मतदाता रहेको पाँचखाल नगरमा १८ मतदानस्थल र ३७ मतदान केन्द्र, २५ हजार ५०८ मतदाता रहेको जिल्ला सदरमुकाम धुलिखेल नगरमा तोकिएको १९ वटा मतदानस्थल र ३४ वटा मतदान केन्द्र तोकिएको कार्यालयले जनायो ।

यस्तै २५ हजार ९५२ मतदाता रहेको नमोबुद्ध नगरमा १६ मतदानस्थल र ३० वटा मतदान केन्द्र, २८ हजार ५३१ मतदाता रहेको मण्डनदेउपुर नगरमा १६ मतदानस्थलमा ३६ मतदान केन्द्र तथा २२ हजार ५४३ मतदाता रहेको रोशी गाउँपालिकामा १४ मतदानस्थल र २८ वटा मतदान केन्द्र, १० हजार ३०९ मतदाता रहेको खानीखोलामा नौ मतदानस्थल र १५ मतदान केन्द्र व्यवस्थित गरिएको जनाइएको छ ।

बीस हजार १९१ मतदाता रहेको चौँरी देउरालीमा ११ मतदानस्थल र २४ मतदान केन्द्र, २१ हजार १०८ मतदाता रहेको तेमालमा १२ मतदानस्थल र २७ मतदान केन्द्र, १४ हजार ५५१ मतदाता रहेको बेथानचोकमा नौ मतदानस्थल र १८ मतदान केन्द्र १७ हजार २४ मतदाता रहेको भुम्लुमा १३ मतदानस्थल र २३ मतदान केन्द्र र १२ हजार ४२० मतदाता रहेको महाभारतमा आठ मतदानस्थल र १६ मतदान केन्द्र व्यवस्थित गरिनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १० : ३८ बजे

पाहुनालाई स्थानीय घुँगीको परिकारले सत्कार

बाँके– बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे)मा दशैँ मनाउन आएका

चिनीकाजीको दशैँ : नेताको घरमा टीका थाप्न जान्न, आफू पनि कसैलाई बोलाउँदिन 

महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन काठमाडौंका रैथाने

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज सुनचाँदीको मूल्य बढेको छ । दशैको बिदापछि आज

निःशुल्क आँखा परीक्षण शिविर

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३

नेपालका अजय राई अन्तर्राष्ट्रिय ट्रेड युनियनमा निर्वाचित

मोरक्को–  नेपालका अजय कुमार राई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको विश्व