स्थानीय तह निर्वाचन : काभ्रेमा दल ३०, मतदाता ३ लाख « Khabarhub

स्थानीय तह निर्वाचन : काभ्रेमा दल ३०, मतदाता ३ लाख


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल रहेका छन् । त्यस्तै अन्य दलले निर्वाचन चिह्न प्राप्तिका लागि निवेदन दर्ता गरेको निर्वाचन कार्यालय प्रमुख उमेशकुमार राईले जानकारी दिए।

निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन् । काभ्रेपलाञ्चोकमा दर्ता भएका ३० दलबाहेक अन्य दलले उम्मेदवारी दर्ता गर्न चाहे स्वतन्त्ररुपमा उठ्नुपर्ने राईले बताए । निर्वाचन कार्यतालिका अनुसार आउँदो वैशाख ८ गते सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा १२ स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिनेछ । आयोगले वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समयसीमा तोकेको छ ।

काभ्रेपलाञ्चोकमा तीन लाख तीन हजार ५६० मतदाता रहेका छन् । यसमध्ये एक लाख ५४ हजार १८३ पुरुष, एक लाख ४९ हजार ३७५ महिला र अन्य दुईले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि जिल्लामा १८९ मतदानस्थल र ३८१ मतदान केन्द्र व्यवस्थित गर्ने भएको हो । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । ३७ हजार ५८१ मतदाता रहेको बनेपा नगरमा २४ मतदानस्थल र ४९ मतदान केन्द्र तोकिएको छ । ३८ हजार १४५ मतदाता रहेको पनौती नगरमा २० मतदानस्थल र ४४ वटा मतदान केन्द्र, २९ हजार ६९७ मतदाता रहेको पाँचखाल नगरमा १८ मतदानस्थल र ३७ मतदान केन्द्र, २५ हजार ५०८ मतदाता रहेको जिल्ला सदरमुकाम धुलिखेल नगरमा तोकिएको १९ वटा मतदानस्थल र ३४ वटा मतदान केन्द्र तोकिएको कार्यालयले जनायो ।

यस्तै २५ हजार ९५२ मतदाता रहेको नमोबुद्ध नगरमा १६ मतदानस्थल र ३० वटा मतदान केन्द्र, २८ हजार ५३१ मतदाता रहेको मण्डनदेउपुर नगरमा १६ मतदानस्थलमा ३६ मतदान केन्द्र तथा २२ हजार ५४३ मतदाता रहेको रोशी गाउँपालिकामा १४ मतदानस्थल र २८ वटा मतदान केन्द्र, १० हजार ३०९ मतदाता रहेको खानीखोलामा नौ मतदानस्थल र १५ मतदान केन्द्र व्यवस्थित गरिएको जनाइएको छ ।

बीस हजार १९१ मतदाता रहेको चौँरी देउरालीमा ११ मतदानस्थल र २४ मतदान केन्द्र, २१ हजार १०८ मतदाता रहेको तेमालमा १२ मतदानस्थल र २७ मतदान केन्द्र, १४ हजार ५५१ मतदाता रहेको बेथानचोकमा नौ मतदानस्थल र १८ मतदान केन्द्र १७ हजार २४ मतदाता रहेको भुम्लुमा १३ मतदानस्थल र २३ मतदान केन्द्र र १२ हजार ४२० मतदाता रहेको महाभारतमा आठ मतदानस्थल र १६ मतदान केन्द्र व्यवस्थित गरिनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १० : ३८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक