यी हुन् प्रधानमन्‍त्री देउवा र मोदीले संयुक्त उद्घाटन गरेका परियोजनाहरु « Khabarhub

यी हुन् प्रधानमन्‍त्री देउवा र मोदीले संयुक्त उद्घाटन गरेका परियोजनाहरु


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको तीन दिने औपचारीक भ्रमणमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले विभिन्न परियोजनाको संयुक्त उद्घाटन गरेका छन्। भारतको राजधानी नया दिल्लीस्थित हैदरावाद हाउसमा देउवा र मोदीले नेपाल भारत रेल, सोलु करिडोर प्रसारण लाइन, १ सय ३० भन्दा बढी स्वास्थचौकीहरु, ‘रुपे’ डिजिटल कार्डको संयुक्त उद्घाटन गरेका हुन्।

प्रधानमनत्री देउवा र मोदीले हरियो झन्डा देखाउँदै रेलको उद्घाटन गरेसँगै जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको थियो। अब रेल नियमित रूपमा संचालन हुने जनाइएको छ।

त्यस्तै प्रधानमन्त्री देउवा र मोदीले १३२ केभीको ९० किलोमिटर लामो सोलु करिडोरको प्रसारण लाइनको पनि संयुक्त उद्घाटन गरे। त्यसैगरी प्रधानमन्त्रीद्धयले भारतीय सहायतामा निर्माण भएका १ सय ३० भन्दा बढी नेपालका स्वास्थचौकहीहरूको पनि संयुक्त उद्घाटन गरे।

दुबै प्रधानमन्त्रीले संयुक्त रुपमा भारत सरकारले हालै प्रयोगमा ल्याएको डिजिटल भुक्तानी गर्ने ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोगको पनि शुभारम्भ गरे।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  २ : ३१ बजे

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको