सर्लाहीको साझेदारी वनमा व्यापक काठ तस्करी, सम्बन्धित निकाय मौन | Khabarhub Khabarhub

सर्लाहीको साझेदारी वनमा व्यापक काठ तस्करी, सम्बन्धित निकाय मौन


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – जानकीनगर साझेदारी वनमा पछिल्लो केही समय यता व्यापक मात्रामा सालका रुख चोरी तस्करी बढेको छ ।

सर्लाहीको हरिवन नगरपालिका–६ र हरिपुर नगरपालिका–१ मा फैलिएको यस साझेदारी वनमा दैनिकजसो सालका रुख कटान गरेर तस्करी भइरहेको हो ।

Avatar

केही समय पहिलासम्म सालको घना जंगलको रूपमा रहेको यस वन तस्करहरूको चंगुलमा परे यता व्यापक तस्करी भएको स्थानीयको आरोप छ ।

तस्करले दिउँसै जंगलको चारै कुनामा सुराकी राखेर सालका छानीछानी रुख कटान गरिरहेका नाम नबताउने सर्तमा एक स्थानीयले जानकारी दिए ।

Avatar

वनको बीच भागमा काटिएका तथा तस्करी भएका सालका रुखका ठुटामात्र भेटिने गरेको छ । यसरी सालका रुख सर्पट कटान भइरहँदासमेत वन कार्यालय र साझेदारीका पदाधिकारी मौन बस्नुलाई उनीहरूको समेत मिलेमतोको आशंका गरिएको छ ।

पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा तस्करले दिनमा रुख काट्ने र साँझ लैजाने गरेको वननजिकै घर भएका स्थानीयको भनाइ छ। पछिल्लो केही समय यता काठ तस्कर गर्दै गरेको अवस्थामा समेत काठ बरामद हुने क्रमसमेत बढेको एक सुरक्षा अधिकारीले बताए ।

Avatar

वन तस्करी बढ्दै जाँदा वन समूह तथा वन कार्यालयले समेत यसतर्फ कुनै चासो नदिएको जानकीनगर निवासी कपिल देव साहको भनाइ छ । उक्त साझेदारी वनमा हेरालुको रूपमा गत वर्षसम्म नौ जना रहेका थिए । त्यसको समेत तलब मन्त्रालयबाट नपाएपछि समूहले हेरालु घटाएर ३ जनामा झारेको छ ।

त्यसमध्ये पनि एक जना खाना पकाउने काममा रहेको समूहका अध्यक्ष रामविश्वास रायले जानकारी दिए । ‘यति ठूलो वन छ । हेरालु छैनन् । पहिला ९ जना रहेकोमा पैसा नआएपछि घटाएर आन्तरिक श्रोतबाट तीन जना राखिएको छ । थोरै मानिसले कसरी काम गर्नु उनले भने ।

Avatar

झण्डै १ हजार २ सय हेक्टर क्षेत्रमा फैलिएको यस जंगलमा तस्करले जथाभाबी काँचो सालका रुख कटान गरिरहेका छन् । तस्करले सालका रुख काटेर टुना बनाउने र साइकल, ट्याक्टरमालगायतका साधनमा राखेर चोरी तस्करी गरिरहेका हुन् ।

वन क्षेत्रमा गस्ती नभएकै कारण चोरी तस्करी बढेको हरिपुर नगरपालिका–१, जानकीनगरका स्थानीय वीरेन्द्र मण्डलले बताए । ‘वन कर्मचारी र साझेदारीका पदाधिकारीको मिलेमतो नभई काठ कसरी तस्करी हुन्छ ?,’ उनले प्रतिप्रश्न गरे, ‘तस्करसँगको सेटिङकै कारण वनका कर्मचारी कार्यालयबाट वनतर्फ फर्केरसमेत हेर्दैनन् ।’

वन हेरालु कम भएका कारण वन तस्करी वृद्धि भएको जानकी नगर साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष रामविश्वार रायको भनाइ छ ।

उनले आफूले वन जोगाउन सक्दो प्रयास जारी राखेको दाबी गरेका छन् । वनमा केही रुख कटान भएको र आफूहरू त्यसको नियन्त्रणमा दिन रात लागिरहेको उनले बताए ।

Avatar

‘वनको क्षेत्रफल ठूलो छ । सबै तिरबाट गाउँले घेरेको छ । त्यसैले पनि वन संरक्षणमा चुनौती भएको हो,’ उनले भने, ‘सरकारले हेरालुको तलब दिएको छैन । पटक–पटक धेरैठाउँमा धाइयो भएन । त्यसैले हेरालु घटाउनु पर्‍यो यसको फाइदासमेत तस्करले उठाइरहेका छन् ।’

तस्करी बढेसँगै वन संरक्षण आफू दिनरात लागिपरेको डिभिजन वन कार्यालय सर्लाहीका सन्तोष कुमार झाले बताए ।

जानकीनगर वन क्षेत्रमा पछिल्लो केही समय यता लगातार सालका रुख कटान भएको विषयमा आफू लागिपरेको उनको भनाइ छ । ‘यो कुरा थाहा भए पछि म आफै वन रक्षकको टोली लिएर रात दिन नभनी पुगेको छु,’ उनले भने, ‘वन खुला चिज भएकोले यसको संरक्षणमा चुनौती छ । यसको संरक्षणमा सबैको सहयोगको अपेक्षा गरेका छौँ ।’

Avatar

अहिले भइरहेको तस्करी तस्कर समूहको मात्र योजनामा सम्भव नहुने उनले स्वीकार गरे । यसमा वनका स्वयं कर्मचारी तथा सुरक्षा निकायको समेत मिलेमतो रहेको विषयमा समेत आफूहरूले अनुसन्धान गरिरहेको उनी बताउँछन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १० : ४७ बजे

उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन

प्रेस काउन्सिलको निर्देशनपछि हट्यो विवादित क्लिप

काठमाडौं – कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने एक कार्यक्रमको विवादित क्लिप

मनसुनपछिको विपदमा ७४ जनाको मृत्यु, ८८ घाइते

काठमाडौं – नेपालमा मनसुन सुरु भएयता आज दिउँसोसम्म देशका विभिन्न

कम्बोडियामा पाँच वर्षीया बालिकालाई एच–५एन–१ बर्डफ्लू

नोम पेन्ह – दक्षिणी कम्बोडियाको टेकेओ प्रान्तकी पाँच वर्षीया बालिकामा

संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमनका लागि गठित