जथाभाबी सवारी पार्किङले कुरुप बन्दै बेसीसहर « Khabarhub

जथाभाबी सवारी पार्किङले कुरुप बन्दै बेसीसहर


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– उपयुक्त ठाउँमा बसपार्क नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधनहरू बीच बजार र सडकमै पार्किङ गरी राख्ने गरिएको छ ।

बेसीसहर नगरपालिका-७ मा रहेको सहजी र ८ दनाइफाँटमा निर्माण गरिएको बसपार्क उचित नभएकाले सकडमै पार्किङ गर्नुपरेको चालकहरू बताउँछन् । बसपार्क सदरमुकाममै भए पनि मुख्य सडकभन्दा टाढा छ । त्यहाँ सुरक्षा चुनौती पनि छ ।

त्यसैले बजारकै बीच सडकमै पार्किङ गर्नुपरेको बस चालक मनबहादुर गुरुङ बताउँछन् । जथाभाबी पार्किङ र सडकमा राखिएका निर्माण सामग्रीले बजारको शोभा घटाउनुका साथै सडक दुर्घटनाको जोखिमसमेत बढेको बेसीसहर ८ सेराका शिव सिलवाल बताउँछन् ।

व्यवसायीका अनुसार बजारका साँघुरा सडकमा जथाभाबी पार्किङ गरेपछि अन्य सवारी आवतजावतमा समेत समस्या थपिएको बेसीसहरका व्यवसायी विष्णुनिधि लोहनीले बताए ।

पैदल यात्रुहरूले हिँड्ने ठाउँ पाउनै मुस्किल पर्ने गरेको स्थानीयले गुनासो गरेका छन् । बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाले तोकेको सहजी बसपार्कको पार्किङ क्षेत्रमा सवारीचालकले सवारीसाधन पार्किङ नगरेको बताए ।

नगरपालिकाले यसअघि पनि बजार क्षेत्रका मुख्य र शाखा सडक छेउमा व्यक्तिगत तथा सार्वजनिक सवारी साधन पार्किङ निषेध गर्दै आए पनि सवारी चालकहरूले अटेरी गर्दै आएका छन् ।

बेसीसहर नगरपालिकाले निर्माण सामग्री हटाउन बेलाबेला सूचना जारी गरे पनि सुनुवाइ भएको छैन । नगरप्रमुख अर्यालले भने, ‘मुख्य बजार अस्तव्यस्त भएकाले सुरुमै नगरपालिकाले बसपार्क र जिप पार्कमा पार्किङ गर्नुहोस् भनेर पटक पटक आग्रह गरेका हौं ।

बेसीसहरको बजार व्यवस्थापनको कमजोरीका साथै कम ट्राफिक भएकाले चालकले पनि नटेर्ने गरेको जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु नेपालीले बताए ।

घर अगाडी सवारी पार्किङ गर्न थालेपछि छोराछोरीको विद्यालय जाने र आउने बेला के घटना हुन्छ भन्ने चिन्ताले पिरोल्ने गरेको स्थानीय बलराम अधिकारीले बताए ।

अधिकांश सवारी चालकले सवारी पार्किङ गर्न सहज हुने घर भाडामा लिएर बस्ने गरेका छन् । बिहान र बेलुका खाना खान र परिवारको साथमा रहेर सवारीको पनि रेखदेख हुने भएपछि सवारी चालकहरूले सडक छेउको घरको कोठा भाडामा लिएर सवारी पार्किङ गर्ने गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ६ : ३० बजे

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने