अफगानिस्तानलाई भारतको २ हजार मेट्रिक टन गहुँ सहयोग « Khabarhub

अफगानिस्तानलाई भारतको २ हजार मेट्रिक टन गहुँ सहयोग


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक एवम् मानवीय संकटमा फसेको अफगानिस्तानलाई सहयोग गर्न भारतले २ हजार मेट्रिक टन गहुँ त्यसतर्फ पठाएको छ । पाकिस्तानसँग सीमा जोडिएको वाघा अटारी नाकाबाट अफगानिस्तानतर्फ २ हजार मेट्रिक टन गहुँ पठाइएको हो ।

अटारी नाका भन्सार अधिकारी राहुल ननगारेलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार भारतीय विदेश मन्त्रालयको पहलमा उक्त परिमाणको गहुँ अफगानिस्तान पठाइएको हो ।

‘अटारी वाघा नाकाबाट २ हजार मेट्रिक टन गहुँ पठाइएको यो पाचौँ पटक हो ।’ ननगारेले भने ।

भारतीय विदेशमन्त्रालयले अफगानिस्तानलाई मानवीय सहयोग गर्न भन्दै ५० हजार मेट्रिक टन गहुँ पठाउने जनाएको छ । सोहीअनुसार भारतले त्यसतर्फ पटक–पटक गरी गहुँ आपूर्ति गर्दै आएको छ ।

पहिलो पटक भारतले पाकिस्तानको बाटो भएर गत फेब्रुअरी २६ मा अफगानिस्तानतर्फ २५०० मेट्रिक टन गहुँ पठाएको थियो ।

अफगानिस्तानबाट आएका सवारी चालकले एएनआईलाई बताएअनुसार अफगानिस्तानमा हाल खाद्यान्नको ठूलो अभाव छ ।
 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ६ : ४२ बजे

एकपछि अर्का नेताले रास्वपा छाड्दै, बागमती उपसभापति पनि हुमागाईं पनि बाहिरिए

काठमाडौं- खासगरी टिकट वितरणलाई लिएर देखिएको विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको