टाउको दुखाइलाई सामान्य नसोच्नु, यस्तो रोग हुनसक्छ « Khabarhub

टाउको दुखाइलाई सामान्य नसोच्नु, यस्तो रोग हुनसक्छ


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाउको दुख्ने समस्यालाई सामान्य रुपमा लिइन्छ । तर टाउको दुख्ने समस्यालाई सामान्य रुपमा लिदा यो दीर्घकालिन समस्याको रुपमा देखा पर्न सक्छ । टाउको दुख्ने समस्या  स्नायु सम्बन्धि समस्या तथा रोगका कारणले हुने गर्छ । टाउको दुख्ने विभिन्न रोगहरुमध्ये माइग्रेन पनि पर्छ ।

माइग्रेनका लक्षणहरु

–टाउकोको एक भागमा मात्रै अत्याधिक पीडा हुने,

– चार घण्टादेखि एक सातामसम्म दुख्ने,

–टाउको दुख्दा वान्ता हुने,

–वाक–वाक लाग्ने,

–चिडचिडापन हुने,

–बोल्न मन नहुने,

–कसैसँग बोल्न मन नलाग्ने,

–बत्तिको उज्यालोमा बस्न नसक्ने,

–काम गर्दा दुखाइ बढ्ने ।

किन हुन्छ माइग्रेन ?

माइग्रेनको लक्षण मानिसअनुसार फरक फरक हुन्छ । लक्षण फरक हुने भएकाले यसको कारण पनि फरक– फरक हुन्छन् ।

–धेरै गर्मी धेरै जाडो मौसममा,

–चर्को घाममा जाँदा,

–धेरै चर्को आवाज,

–नराम्रो कुरा सुन्दा वा तनाव बढ्दा,

–धेरै दुःखी भएमा,

– कम वा धेरै सुत्दा,

–कफि, चकलेट, मदिरा सेवन,

–अजिनोमोटो हालिएको खानेकुरा,

–भोक लागेमा,

–महिनावरी भएको समयमा,

यसरी हुन्छ उपचार
माइग्रेनको एट्याक आउँन नदिने र अर्को माइग्रेनको एट्याक आइरहेको समयमा टाउको दुखाइलाई कम गर्ने दुई किसिमको उपचार हुन्छ ।
माइग्रेनका बिरामीको अवस्था हेरेर सामान्यतय ६ देखि ९ महिनासम्म औषधि सेवन गर्नुपर्ने हुन्छ ।  औषधि सेवनले दुई देखि ५ वर्षसम्म माइग्रेनका कारण टाउको दुख्ने समस्या हट्छ ।

यस्तै अर्को उपचार माइग्रेनको दुखाई भइरहेको अवस्थामा दुखाई कम गर्ने उपचार हो । यो उपचार विधि भनेको दुखाई कम गर्ने पेनकिलरहरुको प्रयोग गर्ने हो ।

तर यस्तो औषधि नियमित सेवन गर्दा ग्यास्ट्रिक,अल्सर, किड्नीमा समस्या हुने सम्भावना रहन्छ । स्वास्थ्य जीवनशैलीले माइग्रेनको समस्या कम हुने भएकाले स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ११ : ५७ बजे

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२

आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका