आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई हटाइयो: अध्यक्ष ओली « Khabarhub

आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई हटाइयो: अध्यक्ष ओली


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालको राष्ट्रिय आत्मनिर्भरता विकास गरेर देखाएको परिणाम एमालेलाई सत्ताच्यूत गरिएको बताएका छन् ।

नेकपा एमाले खोटाङले शनिबार दिक्तेलमा गरेको सभामा अध्यक्ष ओलीले ‘हामी आफै विकास गर्न सक्छौँ’ भन्ने राष्ट्रिय स्वाभिमानको भावना जागृत गराएकै परिणाम विरोधीले एमालेलाई सरकारबाट हटाएको बताएका हुन् ।

वृद्धवृद्धालाई भत्ता, आफ्नो गाउँ आफै बनाऔँदेखि विकासको नयाँ लहर ल्याएको देखेर एमालेले सँधै सरकार चलाउने र आफू सत्तामा पुग्न नपाउने त्रासले आत्तिएका विरोधीले जालझेल र षडयन्त्र गरेर परमादेशमार्फत एमालेलाई प्रतिपक्षको ठाउँमा पुर्‍याएको अध्यक्ष ओलीको भनाइ थियो ।

‘एमालेको नेतृत्वमा विकासको नयाँ लहर सुरु भयो । पुःननिर्माणको लहर सुरु गर्‍यो । हामी विकास गर्न सक्ने रहेछौँ, नेपाल सँधै गरिब हुने देश होइन रहेछ भन्ने राष्ट्रिय आत्मनिर्भरता र राष्ट्रिय आतमविश्वास अगाडि बढायौँ,’ अध्यक्ष ओलीले भने, ‘तर विरोधीहरू आत्तिए । एमालेले सँधै सरकार बनाउने भो, सँधै एमालेले सत्ता चलाउने भो, उनीहरू आउन नपाउने भए भनेर आत्तिएर जालझेल गरेर परमादेशबाट एमालेलाई सरकारबाट हटाएको हो ।’

उपाध्यक्ष रामबहादुर थापा बादललाई लिएर खोटाङ पुगेका अध्यक्ष ओलीले टुटफुटले एमालेलाई कुनै असर नपुगेको दाबी गरे । उनले केही नेताले पार्टी छाडे पनि अहिले एमाले कमजोर नभई थप सुदृढ भएको बताए । ‘२०५४ सालमा एमाले फुटाइयो तर एमाले जस्ताको तस्तै । पछि पनि पार्टी फुटाइयो, एमाले जस्ताको तस्तै रह्यो,’ ओलीले भने, ‘एमालेबाट केही मान्छे अन्त लागेका भए पनि एमाले जस्ताको तस्तै मात्र होइन अझ सुदृढ भएर अगाडि बढेको छ, बढ्ने छ । देशभरि अरु पार्टीमा रहेका कार्यकर्ता एमालेमा आइरहेका छन् ।’

ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनका लागि आगामी ३० वैशाखको स्थानीय तहको निर्वाचनमा एमालेलाई दुईतिहाइ बढी स्थानमा जिताउनका लागि आग्रह गरेका छन् ।

दिक्तेलको सभालाई सम्बोधन गर्नुअगाडि अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसँग हलेसी दर्शन गरेका थिए । दर्शन लगत्तै हलेसीमै आयोजना गरिएको संक्षिप्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक उडाउने नेताको परिणाम राम्रो नआउने बताएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ०९ बजे

आधा घण्टा पनि पनि नबसी संसद्‍बाट हिँडे बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आधा घण्टा पनि नबसी हिँडेका

संरक्षण पर्खाइमा ताप्लेजुङ सुरुम्खिमस्थित चमेरे गुफा

ताप्लेजुङ–  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिमस्थित चमेरे गुफा संरक्षण र प्रचारप्रसारको

खुश्वु बोल्दा बोल्दै संसद्‍ छिरे रवि-बालेन, एमाले सांसदको आपत्ति

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली बोल्दा बोल्दै

सत्यसँग डराउनेले प्रेसजगतलाई तर्साउने प्रयास गरे : प्रकाशचन्द्र परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसजगतलाई

अदुवाखेती गर्न थालेपछि बाँदर हराउँदै

पर्वत– पैंयू गाउँपालिकामा यहाँका किसानले ६० रोपनी जग्गामा सामूहिक अदुवाखेती गर्न