पेट्रोलियम व्यवसायीहरूद्वारा आन्दोलनका कार्यक्रम फिर्ता « Khabarhub

पेट्रोलियम व्यवसायीहरूद्वारा आन्दोलनका कार्यक्रम फिर्ता


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम व्यवसायीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

शनिबार नेपाल आयल निमगसँग सहमति जुटेपछि चैत २० गतेबाट गर्ने भनिएको आन्दोलन व्यवसायीहरूले फिर्ता लिएका हुन् ।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरूबीच भएको वार्तामा सहमति जुटेको हो ।

नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले वार्ताबाट सकारात्मक निष्कर्ष आएको बताए ।

निगमले पेट्रोलियम विक्रेता कमिशनसम्बन्धी र एल.पी. ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र निष्कर्ष निकाल्ने आश्वासन दिएको छ ।

त्यस्तै, अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित विषयहरू जेठ १५ सम्म सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको छ ।

पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए ।

व्यवसायीबाट आन्दोलन फिर्ता लिइएसँगै भोलिबाट पेट्रोलियम पदार्थको आपूर्ति पनि सहज हुने भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ४५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा