४ वर्षमा १ सय ८ विश्व रेकर्ड « Khabarhub

४ वर्षमा १ सय ८ विश्व रेकर्ड


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गीतकार डा. डीआर उपाध्यायले १ सय ८ विश्व रेकर्ड बनाएका छन् । उनले चार वर्षमा गीतसंगीत र साहित्य क्षेत्रमार्फत यो कीर्तिमान राखेका हुन् ।

राजधानीमा आयोजित समारोहमा उनले विश्व कीर्तिमानका २८ प्रमाण पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको सख्या १ सय ८ पुर्‍याएका हुन् । उपाध्यायले र एभरेस्ट वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक अफ रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, सुप्रिम वर्ल्ड रेकर्ड, द बृटिस वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम र एसियन वर्ल्ड रेकर्ड जस्ता विश्व वर्ल्ड रेकर्ड प्रदान गर्ने संस्थाबाट रेकर्ड प्राप्त गरेका हुन् । उनलाई विश्व कीर्तिमानका २८ प्रमाण पत्र पूर्वप्रधानमन्त्री झलनाथ खनालले हस्तान्तरण गरे ।

गीतकार संघका निवर्तमान अध्यक्ष चुणमणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठलगायतले गीतकार उपाध्यायको कामको चर्चा गरेको कार्यक्रममा उपाध्यायका ८ एल्बमसमेत एकसाथ विमोचन गरिएको थियो ।

कार्यक्रममा एभरेस्ट वर्ल्ड रेकर्डका फाउन्डर मथुराप्रसाद श्रेष्ठ, साहित्यकार प्रा.डा.नारायण खनाल, एनटिभी बोर्ड सदस्य सवनम मुखिया, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको उपस्थिति रहेको कार्यक्रममा पत्रकार नरेश भट्टराई, कुबेर राज गिरी, कृष्ण भुसाल, गीता अधिकारी, संगीतकार सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, निर्देशक माइकल चन्द, भिडियो सम्पादक सिलन लम्साल, छायाँकार उत्सव दाहाललाई युरोपियन रेकर्ड बुकको अनर सर्टिफिकेट प्रदान गरिएको थियो ।

समारोहमा गायक तथा संगीतकार बाबुल गिरीले डा. उपाध्यायको आमालाई समर्पित गीत ‘मेरी आमा’ गाउँदा सबैका आखाँ रसाएका थिए । गायक सागर अधिकारी ‘शरद’ र उनको समूहले राष्ट्रिय गीत गाएर समारोहको माहोललाई ऊर्जामय बनाए । गिनिज बुक अफ वर्ल्ड रकेर्डसहित १ सय ८ विश्व रेकर्ड कायम गरेका डा. उपाध्यायका १२ उपन्यास सार्वजनिक भएका छन् ।  

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ५३ बजे

चेन्नाईलाई हराउँदै हैदरावाद आईपीएल तालिकाको तेस्रो स्थानमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा

डलरको मूल्य १५४ नाघ्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ