श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध | Khabarhub Khabarhub

श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक संकटमा फसेको श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको छ । चर्को मूल्य वृद्धि एवम् औषधि, पेट्रोल, खाद्यान्नजस्ता अत्यावश्यक सामग्रीको अभावका कारण हाल श्रीलंकामा व्यापक प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनमाझ प्रदर्शनकारीको क्रुद्ध भीडले श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेको घर समेत घेराउ गरेका थिए । त्यसयता श्रीलंकामा संकटकाल लगाइएको छ ।

यही क्रममा त्यहाँ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ । ‘रक्षा मन्त्रालयको विशेष निर्देशनमा सामाजिक सञ्जालहरुमाथि छोटो समयका लागि प्रतिबन्ध लगाइएको हो । शान्ति कायम गर्नका लागि मुलुकको हितका लागि यस्तो गरिएको हो ।’ श्रीलंकाको दूरसञ्चार नियमन आयोगका प्रमुख जयन्थ डिसिल्भालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

विश्वभर इन्टरनेटको निगरानी गर्ने समूह नेटब्लक्सले श्रीलंकामा ट्विटर, फेसबुक, ह्वाट्सएप युट्युबजस्ता सामाजिक सञ्जाल लगभग ठप्प रहेको जनाएको छ ।

यता मुलुकका युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रपति राजापाक्षेका भतिज नमल राजापाक्षेले भने ट्विट गर्दै ‘सामाजिक सञ्जाल प्रतिबन्धको पक्षमा नरहेको’ टिप्पणी गरेका छन् । ‘मैले प्रयोग गरेजस्तै भीपीएनको पहुँचले यस्तो प्रतिबन्ध व्यर्थ बनाउँछ । म अधिकारीहरुसँग यसबारे प्रगतीशील सोचाइ राख्न र निर्णयबारे पुनर्विचार गर्न आग्रह गर्छु ।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १२ : १६ बजे

वेस्ट इन्डिजलाई नेपालले दियो १४९ रनको लक्ष्य

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले

मनसुनी वायुको प्रभाव कायमै, दसैंको दिन कस्तो रहला मौसम ?

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका

कप्तान रोहित पनि आउट, ४ विकेट गुमाएको नेपाल दबाबमा

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा

वेस्ट इन्डिजविरुद्ध नेपालको मध्यम सुरुवात, ‘पावर प्ले’मा बनायो ३४ रन

काठमाडौं – वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा