ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिकास्थित कालिञ्जोर पुल छेउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ स्थित कालिञ्जोर पुलमा ना. २९ प २४३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना. ५ ख ८४८५ नम्वरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक लालबन्दी नगरपालिका–२ का २५ वर्षीय चन्दु पासवानको मृत्यु ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पासवानलाई तत्काल लालबन्दीस्थित मोडेल अस्पताल पुर्‍याइएको थियो ।

लालबन्दीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि जनकपुर लैजाँदै गर्दा पासवानको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक पासवानको शव परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको छ । ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ५० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक