राजीव गुरुङको निर्माण तथा निर्देशनमा नेपाली फिल्म ’ग्रहण’ बन्ने « Khabarhub

राजीव गुरुङको निर्माण तथा निर्देशनमा नेपाली फिल्म ’ग्रहण’ बन्ने


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्म ‘ग्रहण’ बन्ने भएको छ । राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा आज सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमका बीच फिल्म बन्ने घोषणा गरिएको हो ।

घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकार समेत सार्वजनिक गरिएको छ । फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ ।

थ्रीलर ड्रामा जनरा रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा  निर्माण हुने भएको छ । भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन हुने फिल्मको घोषणा कार्यक्रममा सिक्किम फिल्म प्रोमोसन बोर्डकी अध्यक्ष पुजा शर्मा, सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ, उक्त फिल्ममा अभिनय गर्ने कलाकारहरु, निर्देशक गुरुङ, प्रोडक्सन कोऑर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके लगायतको उपस्थिति रहेको थियो ।

सिक्किममा छायांकन गरिने फिल्मले दुबै देशको पर्यटनमा सघाउने मन्त्री शर्माको विश्वास छ । ‘हाम्रो कलाकारलाई देश विदेशमा चिनाउन हामी लागिरहेका छौँ । त्यही अनुरुप फिल्म बोर्ड, फिल्म नीति बनिसकेको छ । जसले हाम्रो नीति अनुसार यहाँ फिल्म छायांकन गर्छन् । उनीहरुले एक करोड रुपैयाँ पाउने छन्’ मन्त्री शर्माले भने ।

‘हामी स्वागत गर्दै तपाईंलाई चाहिने सहयोग गर्न तत्पर छौँ । हाम्रो सुन्दरतालाई कैद गर्न आएका फिल्मकर्मीलाई हामी सदैव सहयोग गर्न तयार छौँ । यहाँसम्म आइदिनु भएकोमा हामी आभारी छौँ’ सञ्चार सचिव बस्नेतले भने ।

फिल्मको बारेमा बोल्दै अभिनेता विनयले यो लभ थ्रिलर फिल्म रहेको बताएका छन् । फिल्मको बारेमा बोल्दै अभिनेत्री नम्रताले होम प्रोडक्सनबाट बनेको पहिलो फिल्म ‘सोल सिस्टर्स’ ले छायांकन गरेको सम्झिन् । ‘मैंले आफ्नो प्रोडक्सनको सुरुवात नै यहिबाट गरे । त्यसैले सिक्किमसँग म जोडिएकी छु । यो फिल्ममा मेरो क्यारेक्टर एरियल योगा इन्स्टक्टरको हो । फिल्मको स्टोरी लभ, थ्रील, ड्रामा मिश्रित भएकाले मैंले धेरै कुरा खुलाउन मिल्दैन’ नम्रताले भनिन् ।

‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्ने भएका छन् । फिल्ममा हरी हुमागाईंको छायांकन, प्रविन श्रेष्ठको सम्पादन, बिशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनले रहेको छ भने यसको स्टोरी निर्देशक गुरुङको रहेको छ । अन्य कलाकार तथा प्राविधिकलाई छिट्टै छनौट गर्ने निर्देशक गुरुङले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : ११ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक