विश्वनाथ मन्दिर परिसरमा निर्मित पूर्वाधार देखेर डा. राणा आश्चर्यचकित « Khabarhub

विश्वनाथ मन्दिर परिसरमा निर्मित पूर्वाधार देखेर डा. राणा आश्चर्यचकित


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले विश्वनाथ मन्दिरमा पूजा गरेकी छिन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवासँगै उनले पनि विश्वनाथ मन्दिरमा पूजा गरेकी हुन् ।

मन्दिरमा पूजा गर्दै उनले पहिले भन्दा मन्दिरमा धेरै परिवर्तन देखिएको भन्दै आश्चर्य समेत व्यक्त गरिन् । सन् १९९० को दशकमा र पछिल्लो पटक सन् २०१७ मा विश्वनाथ मन्दिरको भ्रमण गरेको स्मरण गर्दै उनले ५ वर्षको अवधिमा मन्दिरमा धेरै परिवर्तन देखेको बताइन् ।

काशी विश्वनाथमा पुग्दा अर्कै शहर पुगेजस्तो लागेको बताउँदै उनले सो मन्दिर परिसरमा निर्मित भौतिक पूर्वाधारको पनि चर्चा गरिन् ।

उनले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यवाद दिँदै दुई मुलुकबीचको सम्बन्ध अनन्तकाल सम्मका लागि निरन्तर रहने समेत विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : ३७ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच