आईपीएल : चेन्नईको लगातार तेस्रो हार, पञ्जाब विजयी « Khabarhub

आईपीएल : चेन्नईको लगातार तेस्रो हार, पञ्जाब विजयी


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा साविक विजेता चेन्नई सुपर किङ्स कमजोर देखिएको छ। उसले लगातार तेस्रो हार खाएको छ। आइतबार पन्जाबसँग चेन्नई ५४ रनले पराजित भएको हो।

सुरुमा ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पूरा गर्न नसक्दा चेन्नई पराजित भएको हो। चेन्नईले १८ ओभरमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो।

चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले। महेन्द्र सिंह धोनीले २३ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।

पन्जाबका राहुल चाहरले ३ तथा लियाम लिभिङस्टोन र भैबब अरोराले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको पन्जाबले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो।
पन्जाबका लागि लियाम लिभिङस्टोनले ६० रनको अर्धशतकीय इनिङ्स खेले भने शिखर धवन ३३ र जितेश शर्माले २६ रन जोडे।

चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २–२ विकेट लिए। यो पञ्जाबको दोस्रो जित हो। तीन खेल खेलको पञ्जाबले चार अंक जोडेको छ। चेन्नईले भने समान खेल खेले पनि खाता खोल्न सकेको छैन।

 

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ६ : ०९ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा