उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै | Khabarhub Khabarhub

उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।

घरेलु टोली नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले पिएनजीलाई १५ रनले हराएको थियो भने दोस्रो खेलमा ३७ रनले जितेको थियो। यस्तै नेपालले मलेसियाविरुद्धको पहिलो खेलमा ६ विकेट र पहिलो खेलमा ८५ रनको जित निकालेको थियो।

पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।

यसअघि पिएनजीसँगै भएको दुई खेलको एक दिवसिय सिरिजमा नेपाल दुवै खेलमा पराजित भएको थियो। नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ८ : २७ बजे

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।

‘तिहारले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने प्रयत्न गरेको छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,