त्रिकोणात्मक सिरिजको फाइनल- टस हारेर नेपाल ब्याटिङ गर्दै « Khabarhub

त्रिकोणात्मक सिरिजको फाइनल- टस हारेर नेपाल ब्याटिङ गर्दै


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनी भिडिरहेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेको छ ।

टस हारेसँगै नेपाल ब्याटिङमा उत्रिएको छ । आज नेपालको टिममा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी अटाएका छन् । त्यस्तै, आशिफ शेख, करण केसी, अभिनाश बोहोरा, दिलिप नाथ रोहित कुमार पौडेल र आदिल अन्सारी पनि नेपाली टोलीमा अटाएका छन् ।

जारी सिरिजमा नेपाल कुनै पनि खेल नहारी फाइनल प्रवेश गरेको हो भने पपुवा न्युगिनीले एक खेलमात्र जितेर फाइनल खेल्न लागेको हो । यसअघि सिरिजका दुई खेलमा नेपालले पपुवा न्युगिनीको सामना गर्दा दुबै खेल नेपालले जितेको थियो ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो भने अर्को खेलमा पपुवा न्युगिनी नेपालसँग ३५ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : १८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु