त्रिकोणात्मक सिरिजको फाइनल- टस हारेर नेपाल ब्याटिङ गर्दै « Khabarhub

त्रिकोणात्मक सिरिजको फाइनल- टस हारेर नेपाल ब्याटिङ गर्दै


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनी भिडिरहेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेको छ ।

टस हारेसँगै नेपाल ब्याटिङमा उत्रिएको छ । आज नेपालको टिममा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी अटाएका छन् । त्यस्तै, आशिफ शेख, करण केसी, अभिनाश बोहोरा, दिलिप नाथ रोहित कुमार पौडेल र आदिल अन्सारी पनि नेपाली टोलीमा अटाएका छन् ।

जारी सिरिजमा नेपाल कुनै पनि खेल नहारी फाइनल प्रवेश गरेको हो भने पपुवा न्युगिनीले एक खेलमात्र जितेर फाइनल खेल्न लागेको हो । यसअघि सिरिजका दुई खेलमा नेपालले पपुवा न्युगिनीको सामना गर्दा दुबै खेल नेपालले जितेको थियो ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो भने अर्को खेलमा पपुवा न्युगिनी नेपालसँग ३५ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : १८ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग