आईपीएल : लखनउसँग हैदरावाद पराजित | Khabarhub Khabarhub

आईपीएल : लखनउसँग हैदरावाद पराजित


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबारको खेलमा सनराईजर्स हैदरवाद पराजित भएको छ । लखनउ सुपर जायन्टसँग हैदरावाद १२ रनले पराजित भएको हो । यो उसको लगातार दोस्रो हार हो।

सुरुमा ब्याटिङ गरेको लखनउले दिएको १ सय ७० रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद पराजित भएको हो। हैदरवादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र जोड्न सक्यो ।

हैदरवादका राहुल त्रिपाठीले ४४, निकोलस पुरणले ३४ रन बनाउँदा वासिङ्गटन सुन्दरले १८ रन जोडे ।

लखनउका आभेस खानले ४ तथा जासन होल्डरले ३ विकेट हात पारे भने कुर्नाल पाण्डयाले २ विकेट लिए ।

लखनउका लागि कप्तान केएल राहुलले ६८ र दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले। हैदरावादका वासिङ्गटन सुन्दर, रोमारियो शेफार्ट र टी नाटराजनले २–२ विकेट लिए ।

आईपीएलको यो सिजनमा लखनउको यो दोस्रो जित हो । उसले एक हार र दुई जित गरेर ४ अंक जोडेको छ । लखनउ तालिकाको पाँचौं स्थानमा छ । दुई खेल खेलेको हैदरावादले खाता खोल्न सकेको छैन ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ६ : ०८ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।