आईपीएल : लखनउसँग हैदरावाद पराजित « Khabarhub

आईपीएल : लखनउसँग हैदरावाद पराजित


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबारको खेलमा सनराईजर्स हैदरवाद पराजित भएको छ । लखनउ सुपर जायन्टसँग हैदरावाद १२ रनले पराजित भएको हो । यो उसको लगातार दोस्रो हार हो।

सुरुमा ब्याटिङ गरेको लखनउले दिएको १ सय ७० रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद पराजित भएको हो। हैदरवादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र जोड्न सक्यो ।

हैदरवादका राहुल त्रिपाठीले ४४, निकोलस पुरणले ३४ रन बनाउँदा वासिङ्गटन सुन्दरले १८ रन जोडे ।

लखनउका आभेस खानले ४ तथा जासन होल्डरले ३ विकेट हात पारे भने कुर्नाल पाण्डयाले २ विकेट लिए ।

लखनउका लागि कप्तान केएल राहुलले ६८ र दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले। हैदरावादका वासिङ्गटन सुन्दर, रोमारियो शेफार्ट र टी नाटराजनले २–२ विकेट लिए ।

आईपीएलको यो सिजनमा लखनउको यो दोस्रो जित हो । उसले एक हार र दुई जित गरेर ४ अंक जोडेको छ । लखनउ तालिकाको पाँचौं स्थानमा छ । दुई खेल खेलेको हैदरावादले खाता खोल्न सकेको छैन ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ६ : ०८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु