चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा  « Khabarhub

चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा 


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चर्च ब्वाइज क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ ।

मंगलबार बिहान बाँसवारी युथ क्लबलाई ५-१ अन्तरले पराजित गर्दै चर्च ब्वाइज सहिद स्मारक ‘बी’ डिभिजन लिग विजेताको हैसियतमा ‘ए’ डिभिजन लिगमा बढुवा भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइजको जितमा साइमन लिम्बूले ह्याट्रिकसहित चार गोल गर्दा आशिष चौधरीले एक गोल गरे ।

सातौं मिनेटमा साइमनले गरेको गोलमा चर्च ब्वाइजले अग्रता लियो । १७ औँ मिनेटमा विवेक पौडेलको पासमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे ।

३७ औँ मिनेटमा साइमनले चर्च ब्वाइजको अग्रता ३-० मा पुर्‍याए । त्यसको चार मिनेटपछि नै साइमनले पेनाल्टीको सदुपयोग गर्दै चर्च ब्वाइजको अग्रता फराकिलो बनाए । बाँसबारीका सञ्जिव धिमालले ५८औँ मिनेटमा एक गोल फर्काए ।

खेल सकिन नौ‌ मिनेट बाँकी रहँदा साइमनले पेनाल्टीको सदुपयोग गर्दै चर्च ब्वाइजको ५-१ को विजयी गोल गरे ।

२०७५ सालमा ‘सी’ डिभिजन छनोटबाट ‘सी’ डिभिजनमा बढुवा भएको चर्च ब्वाइज पहिलो सिजनमै विजेताको हैसियतमा ‘बी’ डिभिजनमा उक्लिएको थियो । ‘बी’ डिभिजनमा उक्लिएको पहिलो वर्ष नै चर्च ब्वाइज एक खेल अगावै शीर्ष डिभिजनमा बढुवा भएको हो ।

शीर्ष स्थानको चर्च ब्वाइजको १२ खेलमा २६ अंक छ । जुन दोस्रो स्थानको रानी पोखरी टिम (आरसीटी)भन्दा आठ अंक बढी हो । तेस्रो स्थानको सरस्वती युथ क्लबको १७ अंक छ ।

आरसीटी र सरस्वती ए डिभिजनमा पुनरागमनको लक्ष्यमा छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : ०३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना