एआईजी बढुवा सिफारिसविरुद्धको रिटको पेसी एकल इजलासमा « Khabarhub

एआईजी बढुवा सिफारिसविरुद्धको रिटको पेसी एकल इजलासमा


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीले दायर गरेको रिटको आज पनि पेसी तोकिएको छ । न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो ।

यही १७ चैतमा कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । उनले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले सोही दिन डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे संयोजक रहेको बढुवा समितिले १ चैतमा बढुवा सिफारिस गरेको थियो । तर, उनीहरूभन्दा वरीयतामा डीआईजी कार्कीसँगै अन्य डीआईजीहरू घनश्याम अर्याल र प्रकाश कार्की अघि थिए ।

पाण्डे नेतृत्वको समितिले वरीयता मिचेर बढुवा सिफारिस गरेको भन्दै डीआईजी कार्कीलगायत सर्वोच्च पुगेका हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १२ : ३२ बजे

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को

संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग

काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

बागलुङ– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२

आगलागीपछि ‘दाउरा’ रूफटप चार महिनामै पुनः सञ्चालनमा

ललितपुर– चार महिनाअघि पुल्चोकस्थित ‘दाउरा’ रूफटप मा भएको भीषण आगलागीपछि

एकैदिन तोलामा १२०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आजपनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल