सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष प्रशिक्षकलाई सारथि अस्पतालको साथ | Khabarhub Khabarhub

सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष प्रशिक्षकलाई सारथि अस्पतालको साथ


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको सारथि अस्पतालले साथ दिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको तेस्रो संस्करणमा सारथि अस्पतालले प्रायोजन गरेर साथ दिएको हो । अघिल्ला दुई संस्करणमा पनि धनगढीमा रहेको सारथि अस्पतालले प्रायोजन गरेको थियो ।

स्पोर्टस अवार्डमा दिइने ८ वटा विधा मध्येको वर्ष प्रशिक्षक विधालाई सारथिले प्रायोजन गरेको हो । अब यो विधाको नाम सारथि अस्पताल वर्ष प्रशिक्षक रहने भएको छ ।

यो विधाका विजेतालाई नगद ३० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ । विधा प्रायोजनसम्बन्धी सम्झौता पत्रमा सारथि अस्पतालका अध्यक्ष वेदप्रकाश जोशी र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले हस्ताक्षर गरे ।

अवार्डमा सुरुदेखि जोडिएकोले यसपालि पनि विधा प्रायोजन गरेर सहकार्य गर्दै खेलकुद क्षेत्रलाई साथ दिएको सारथी अस्पतालका अध्यक्ष जोशीले बताए । उनले स्वास्थ्य र खेलकुद एक अर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् छ ।

प्रवर्द्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् छन् । त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाडौँको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ ।

वर्ष युवा खेलाडीलाई निर्ग अस्पताल र सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । यस्तै अवार्डको सहप्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५-३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५-२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : १५ बजे

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

रामपुर– कालीगण्डकी फाउण्डेशन नेपालले इलाका प्रहरी कार्यालय रामपुरलाई पुस्तक सहयोग

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

मुस्ताङ– उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण

क्लब विश्वकप – मेसीको गोलमा मियामीको पहिलो जित

काठमाडौं – लियोनल मेसीको गोलमा इन्टर मियामीले फिफा क्लब विश्वकप

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत, स्थानीय खुसी

मन्थली– रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको

अमेरिकाले इजरायल-इरान युद्धमा प्रत्यक्ष सहभागी हुने निर्णय दुई सातामा गर्ने

वाशिङ्टन – इजरायल र इरान युद्धमा अमेरिकी उपस्थितिका बारेमा राष्ट्रपति