कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले नियन्त्रणमा लियो व्यवस्थापन « Khabarhub

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले नियन्त्रणमा लियो व्यवस्थापन


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली विकास बैंक समस्याग्रस्त घोषित भएको छ । नेपाल राष्ट्र बैंकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो ।

बुधबार बसेको केन्द्रीय बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) अनुसार कर्णाली विकास बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो । समस्याग्रस्त घोषणा गरिएसँगै सो बैंकको व्यवस्थापन पनि राष्ट्र बैंकले नियन्त्रणमा लिएको जनाएको छ ।

राष्ट्र बैंकले कर्णाली विकास बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टिकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्था समूह समेत गठन गरेको छ । सो समूहले बिहीबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने राष्ट्र बैंकले जनाएको छ ।

गठित समूहले बचतकर्ताको बचत फिर्ता गर्ने, ऋण असुली गर्ने र वित्तीय अपचलनमाथि आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने राष्ट्र बैंकले निर्णय गरेको छ ।

कर्णाली विकास बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, लगायतका समस्या देखिएको कारणले नियन्त्रणमा लिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ४ : ५६ बजे

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती