लमजुङमा स्थानीय तह निर्वाचनमा चार दलीय गठबन्धन हुने « Khabarhub

लमजुङमा स्थानीय तह निर्वाचनमा चार दलीय गठबन्धन हुने


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन हुने भएको छ ।

मंगलबार कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर अगाडि बढ्ने निर्णय गरेका हुन् ।

कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङको संयोजकत्वमा बसेको बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेको हो ।

बैठकले गठबन्धनमा भएका राजनीतिक दलका केन्द्रीय निर्णयको स्वागत गर्दै केन्द्रीय निर्देशन बमोजिनम नै वडा तहदेखि नै प्रतिवेदन तयार पार्नका लागि सबै दलका एक–एक जना प्रतिनिधि रहने गरी चार सदस्यीय कार्यदल गठन गरेको कांग्रेस लमजुङका सभापति गुरुङले जानकारी दिए ।

कार्यदलमा कांग्रेसको तर्फबाट जिल्ला सभापति डा टकराज गुरुङ, माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका संयोजक मधु अधिकारी गुरुङ, एकीकृत समाजवादी जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङ रहेका छन् ।

माओवादी लमजुङका संयोजक मधु अधिकारी गुरुङले केन्द्रीयस्तरबाट भएको गठबन्धन जिल्ला र वडा तहमा पुग्ने बताइन् ।

बैठकमा कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङ , माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङका संयोजक मधु अधिकारी गुरुङ , एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जसपाका जिल्ला अध्यक्ष गमबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो

Avatar

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : २९ बजे

हर्मुज सुरक्षाको खर्च खाडी राष्ट्रले बेहोर्नुपर्छ : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय

पैदल मार्चमा निस्केका मिटरब्याज पीडितसँग गृहमन्त्रीको वार्ता (तस्बिरहरू)

काठमाडौं– मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूलाई भेट्न गृहमन्त्री सुधन

सरकारविरुद्ध प्रतिपक्षीको मोर्चाबन्दी : प्रश्न गर्नेलाई त्रास देखाएर ठेगान लगाउन खोजेको आरोप

काठमाडौं- विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले सञ्चारमाध्यम लगायतका स्थानमा

सरकारलाई प्रश्न गर्नेमाथि राज्य संयन्त्रले दमन गर्न खोज्यो : निष्कल राई

काठमाडौं– विपक्षी दलका सांसदहरूले राज्य संरक्षित व्यक्तिहरूले विभिन्न सञ्चारमाध्यम लगायतका स्थानमा

देशभरको रगतको उपलब्धता अब नागरिक एपबाटै हेर्न सकिने

काठमाडौँ– नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको