अछाममा महिला मतदाताको संख्या साढे ४ हजारले बढी  « Khabarhub

अछाममा महिला मतदाताको संख्या साढे ४ हजारले बढी 


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – जिल्ला निर्वाचन कार्यालय अछामले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । अछाममा कूल मतदाताको संख्या एक लाख ५६ हजार २८० छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुषको भन्दा महिला मतदाता सख्या चार हजार ५८४ बढी छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुष मतदाता ७५ हजार ८३७ छ भने महिला मतदाता ८० हजार ४४१ छन् । जिल्लाको रामारोशन, कमलवजार र ढकारी गाउँपालिकाबाहेक अन्य सातवटा पालिकामा पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या बढी छ ।

साँफेबगर नगरपालिकामा पुरुष मतदाताभन्दा महिला मतदाता ९२९ बढी छन्। साँफेबगर नगरपालिकामा १० हजार ४६७ पुरुष र ११ हजार ३९६ महिला गरी २१ हजार ८६४ मतदाता छन् । सबैभन्दा कम मतदाता रहेको बान्नीगढी जयगढ गाउँपालिकामा पुरुषको भन्दा महिला मतदाता ४७० ले बढी छ । बान्नीगढी जयगढ गाउँपालिकामा पाँच हजार ६३६ पुरुष र ६ हजार १०६ महिला गरी ११ हजार ७४२ मतदाता छन्।

यस्तै मंगलसैन नगरपालिकाकामा पुरुष मतदाताभन्दा महिला मतदाता संख्या ८८७ बढी छन् । मंगलसैनमा नाै हजार ४४५ पुरुष र १० हजार ३३२ महिला, अन्य एक गरी १९ हजार ८७८ मतदाता छन् । पञ्चदेवल बिनायक नगरपालिकामा पुरुषभन्दा महिला मतदाता ७७१ बढी छन्  ।  पञ्चदेवल बिनायकमा सात हजार ८२७ पुरुष र आठ हजार ६१८ महिला गरी १६ हजार ४४५ मतदाता छन् ।

यस्तै तुर्माखाँद गाउँपालिकामा पुरुषभन्दा महिला मतदाता १२७ ले बढी छन् । तुर्माखाँदमा सात हजार ६९२ पुरुष र सात हजार ८१९ महिला गरी १५ हजार ५११ मतदाता छन् । मेल्लेख गाउँपालिकामा पुरुष मतदाताभन्दा महिला मतदाताको संखया ५३१ बढी छ । मेल्लेखमा सात हजार ४१५ पुरुष र सात हजार ९४६ महिला, गरी १५ हजार ३६१ मतदाता छन् । चौरपाटी गाउँपालिकाकामा पुरुषभन्दा महिला मतदाता एक हजार २३७ बढी छन् । चौरपाटीमा ६ हजार ७५४ पुरुष र ७ हजार ९९० महिला गरी १४ हजार ७४४ मतदाता रहेका छन् ।

रामारोशन गाउँपालिकामा भने महिला मतदाताभन्दा पुरुष मतदाता ९२ बढी छन् । रामारोशनमा सात हजार २५५ पुरुष र सात हजार १६३ महिला गरी १४ हजार ४१८ मतदाता छन् । यस्तै कमलवजार नगरपालिकामा पनि महिला मतदाताभन्दा १४९ बढी पुरुष मतदाता छन् । कमलवजारमा सात  हजार ४६ पुरुष र ६ हजार ८९७ महिला गरी १३ हजार ९४३ मतदाता छन् । ढकारी गाउँपालिका २६ जनाले मात्र महिलाभन्दा पुरुष मतदाता बढी छन् । ढकारीमा ६ हजार २०० पुरुष र ६ हजार १७४ महिला गरी १२ हजार ३७४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : ४० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय