अनमोलले भने, ‘फिल्मले निराश बनाउँदैन’  « Khabarhub

अनमोलले भने, ‘फिल्मले निराश बनाउँदैन’ 


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेता अनमोल केसीले फिल्मको ट्रेलरमा मेकर्सले सबै पक्ष नसमेट्ने बताएका छन् ।

‘ट्रेलरले फिल्मको झल्को दिन्छ नै तर त्यसकै आधारमा धेरै धारणा बनाउनु हुन्न किनकि ट्रेलर त झलक मात्र हो, फिल्म त बाँकी नै हुन्छ’, अनमोलले भने ।

प्रदर्शनको क्रममा रहेको फिल्म ‘ए मेरो हजुर ४’ को बारेमा कुराकानी गर्दै अनमोलले आफू कलाकारको रूपमा थोरै भए पनि इभल्भ महसुस गरेको बताए । ‘कथा नयाँ नभएता पनि त्यसलाई प्रस्तुत गर्ने शैली नयाँ छ । जसरी कथालाई प्याकेजिङ गरिएको छ, त्यसले यो फिल्मलाई इन्टरटेनिङ बनाएको छ,’ उनले भनेका छन् ।

अनमोलले यस फिल्ममार्फत अभिनयमा केही भेरियसन ल्याउने प्रयास गरेका छन् । सार्वजनिक ट्रेलरमा उनलाई प्रेमीको रूपमा प्रस्तुत गरिएको छ । उनले फिल्मकै लागि कपाल काटेका छन् ।

निर्माता सुनिलकुमार थापाले अनमोलले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक लिन थालेको भन्दै प्रशंसा गरे । उनले ‘ए मेरो हजुर ४’मा अनमोलले गरेको कामले उनको अभिनयलाई लिएर हुने आलोचकको मुख बन्द गर्ने बताए । फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

अनमोल केसी, सलोन बस्नेत र सुहाना थापासँगै रेअर राई, रवि गिरी, निर्मल शर्मालगायतको अभिनय रहेको फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । संजय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १० : ५० बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन