अनमोलले भने, ‘फिल्मले निराश बनाउँदैन’  « Khabarhub

अनमोलले भने, ‘फिल्मले निराश बनाउँदैन’ 


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेता अनमोल केसीले फिल्मको ट्रेलरमा मेकर्सले सबै पक्ष नसमेट्ने बताएका छन् ।

‘ट्रेलरले फिल्मको झल्को दिन्छ नै तर त्यसकै आधारमा धेरै धारणा बनाउनु हुन्न किनकि ट्रेलर त झलक मात्र हो, फिल्म त बाँकी नै हुन्छ’, अनमोलले भने ।

प्रदर्शनको क्रममा रहेको फिल्म ‘ए मेरो हजुर ४’ को बारेमा कुराकानी गर्दै अनमोलले आफू कलाकारको रूपमा थोरै भए पनि इभल्भ महसुस गरेको बताए । ‘कथा नयाँ नभएता पनि त्यसलाई प्रस्तुत गर्ने शैली नयाँ छ । जसरी कथालाई प्याकेजिङ गरिएको छ, त्यसले यो फिल्मलाई इन्टरटेनिङ बनाएको छ,’ उनले भनेका छन् ।

अनमोलले यस फिल्ममार्फत अभिनयमा केही भेरियसन ल्याउने प्रयास गरेका छन् । सार्वजनिक ट्रेलरमा उनलाई प्रेमीको रूपमा प्रस्तुत गरिएको छ । उनले फिल्मकै लागि कपाल काटेका छन् ।

निर्माता सुनिलकुमार थापाले अनमोलले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक लिन थालेको भन्दै प्रशंसा गरे । उनले ‘ए मेरो हजुर ४’मा अनमोलले गरेको कामले उनको अभिनयलाई लिएर हुने आलोचकको मुख बन्द गर्ने बताए । फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

अनमोल केसी, सलोन बस्नेत र सुहाना थापासँगै रेअर राई, रवि गिरी, निर्मल शर्मालगायतको अभिनय रहेको फिल्म वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । संजय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १० : ५० बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार