निर्देशक हिरानीसँग शाहरुखको फिल्म यसै महिना सुरु हुने « Khabarhub

निर्देशक हिरानीसँग शाहरुखको फिल्म यसै महिना सुरु हुने


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्ततः निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको प्रोजेक्ट सुरु हुने भएको छ ।

पिंकभिल्लाको रिपोर्ट अनुसार फिल्मको छायाङ्कन यही अप्रिल १५ बाट सुरु हुनेछ । इमिग्रेसनको विषयवस्तुमा केन्द्रित फिल्मको पहिलो सेड्युल ४० दिनको राखिएको छ । शाहरुखले हालै ’पठान’ को छायाङ्कन सकाएका छन् । यसैले गर्दा उनी हिरानीको फिल्म सुरु गर्दैछन् । पन्जाबको सेटअपमा छायाङ्कन हुने फिल्मको लागि मुम्बई स्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ ।

सोसल कमेडी फिल्मको लागि शाहरुख तयार भएका छन् । केही समय यता फिल्ममा सफलता हात पार्न नसकेका शाहरुखलाई हिरानी निर्देशित फिल्म गर्न उनका फ्यानहरुले समेत सामाजिक सञ्जालमा आग्रह गर्ने गरेका छन् । ४० दिनको पहिलो सेड्युल सकिएपछि निर्देशक हिरानीले ती फुटेज हेरेर सम्पादन गर्नेछन् । त्यो बीचमा शाहरुखले एटलीको निर्देशनमा बन्ने फिल्मको छायाङ्कन गर्नेछन् । त्यसपश्चात् हिरानीको दोस्रो सेड्युल र एटलीको पनि अन्तिम सेड्युलको काम सकाउनेछन् ।

शाहरुख पछिल्लो समय आफ्नो पठान लुक्सका कारण चर्चामा छन् । पछिल्लो फिल्म ’जिरो’ को असफलता पश्चात् उनले फिल्मबाट केही समय ब्रेक लिएका थिए । यद्यपि अब उनी ब्याक टु ब्याक काममा व्यस्त भइरहेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  १२ : १५ बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन