निर्देशक हिरानीसँग शाहरुखको फिल्म यसै महिना सुरु हुने « Khabarhub

निर्देशक हिरानीसँग शाहरुखको फिल्म यसै महिना सुरु हुने


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्ततः निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको प्रोजेक्ट सुरु हुने भएको छ ।

पिंकभिल्लाको रिपोर्ट अनुसार फिल्मको छायाङ्कन यही अप्रिल १५ बाट सुरु हुनेछ । इमिग्रेसनको विषयवस्तुमा केन्द्रित फिल्मको पहिलो सेड्युल ४० दिनको राखिएको छ । शाहरुखले हालै ’पठान’ को छायाङ्कन सकाएका छन् । यसैले गर्दा उनी हिरानीको फिल्म सुरु गर्दैछन् । पन्जाबको सेटअपमा छायाङ्कन हुने फिल्मको लागि मुम्बई स्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ ।

सोसल कमेडी फिल्मको लागि शाहरुख तयार भएका छन् । केही समय यता फिल्ममा सफलता हात पार्न नसकेका शाहरुखलाई हिरानी निर्देशित फिल्म गर्न उनका फ्यानहरुले समेत सामाजिक सञ्जालमा आग्रह गर्ने गरेका छन् । ४० दिनको पहिलो सेड्युल सकिएपछि निर्देशक हिरानीले ती फुटेज हेरेर सम्पादन गर्नेछन् । त्यो बीचमा शाहरुखले एटलीको निर्देशनमा बन्ने फिल्मको छायाङ्कन गर्नेछन् । त्यसपश्चात् हिरानीको दोस्रो सेड्युल र एटलीको पनि अन्तिम सेड्युलको काम सकाउनेछन् ।

शाहरुख पछिल्लो समय आफ्नो पठान लुक्सका कारण चर्चामा छन् । पछिल्लो फिल्म ’जिरो’ को असफलता पश्चात् उनले फिल्मबाट केही समय ब्रेक लिएका थिए । यद्यपि अब उनी ब्याक टु ब्याक काममा व्यस्त भइरहेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १२ : १५ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’