निर्वाचन आयोगको आचारसंहिताप्रति एमालेको ६ बुँदे असहमति « Khabarhub

निर्वाचन आयोगको आचारसंहिताप्रति एमालेको ६ बुँदे असहमति


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिताप्रति असहमति राख्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

बिहीबार एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर ६ बुँदे ज्ञापनपत्र बुझाउँदै आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका कतिपय बुँदाहरु संविधानविपरीत भएको भन्दै सच्याउन आग्रह गरेको हो ।

एमालेले आयोगले बुझाएको ध्यानाकर्षण पत्रमा स्थानीय पालिका सदस्यहरू, मन्त्री र प्रधानमन्त्रीले चुनावी प्रचार अभियानमा संलग्न हुन नपाइने प्रस्तावको विरोध गरेको छ । उसले मन्त्री, प्रधानमन्त्री पक्षपाती देखिन नहुने भए पनि चुनाव प्रचार नै रोक्नु गलत हुने दाबी गरेको छ ।

आयोगले तयार गरेको आचारसंहिताप्रति एमालेसहित साना दलले प्रश्न उठाउदै आएका छन् । आयोगले चैत २२ मा आचारसंहिताबारे छलफल गर्न दलहरूलाई बोलाउँदा आचारसंहिताका केही बुँदामाथि प्रश्न उठाएर साना दलले होहल्ला गरेका थिए भने एमाले हस्ताक्षर नगरी फर्किको थियो ।

फेरि उम्मेदवार हुन चाहने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानमा समेत एमालेको असहमति छ । त्यसैगरी एमालेले मतदान अधिकृतले मतपत्र सदर वा बदर गरेको निर्णयमा प्रश्न उठाउन नपाइने प्रस्तावको पनि विरोध गरेको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ३ : १२ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको