रियलमा रोनाल्डोको अनुपस्थिती पूरा गर्दै बेन्जेमा « Khabarhub

रियलमा रोनाल्डोको अनुपस्थिती पूरा गर्दै बेन्जेमा



च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा साविक विजेता चेल्सीमाथि रियल मड्रिडले शानदार जित निकाल्यो । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिज मैदानमा भएको खेलमा म्याड्रिडले घरेलु टोलीलाई ३–१ को गोल अन्तरले पराजित गर्‍यो

खेलमा रियलका लागि तीनै गोल गरेका फ्रेन्च फरवार्ड करिम बेन्जेमाको प्रदर्शन उत्कृष्ट रह्यो । उनले २१, २४ र ४६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

बेन्जेमाले पछिल्लो समय रियलका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । अघिल्लो साता ला लिगामा उनले सेल्टा भिगोविरुद्ध दुई गोल गरेका थिए । यस्तै यसअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीविरुद्ध च्याम्पियन्स लिगको खेलमा पनि ह्याट्रिक गरेका थिए । बेन्जेमाको प्रदर्शनले धेरै रियल मड्रिडका प्रसंशक हरुलाई खुशी दिँदै आएको छ ।

रियलका स्ट्राइकरलाई प्रायः क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्ने गरिन्छ । आजकल केही फुटबल पण्डितहरूले पनि बेन्जेमा र रोनाल्डोबीच तुलना गर्न थालेका छन् । तर रोनाल्डो आफूभन्दा राम्रो खेलाडी रहेको बेन्जेमा स्वीकार गर्छन् ।

‘जब रोनाल्डो रियल म्याड्रिडका लागि खेल्थे तब उनले वर्षमा ५० देखि ६० गोल गर्थे । जसलाई हामीले स्वीकार गर्नै पर्छ ।’ बेन्जेमाले फ्रान्स फुटबलसँगको एक अन्तरवार्तामा भनेका थिए ।

अवश्य पनि क्रिस्टियानो रोनाल्डोले रियलका लागि गरेको गोलका आधारमा तुलना गर्दा बेन्जेमा अझै पछि छन् । तथ्यांक हेर्दा रोनाल्डोले रियलका लागि ४ सय ५१ गोल गरेका छन् भने रियलको जर्सीमा बेन्जेमाको गोलसंख्या ३ सय १३ छ ।

सन् २०१८ मा युभेन्टसका लागि रियल छाडेका रोनाल्डोको अनुपस्थित कसले पूरा गर्ला भन्ने पनि प्रश्न थियो । धेरै लामो समयसम्म रोनाल्डोको छायाँमा परेका र त्यसमाथि करिअरको उत्तरार्द्धमा रहेका बेन्जेमालाई थोरैले मात्रै रोनाल्डोको स्थान लिनसक्ने खेलाडी मानेका थिए ।

तर बेन्जेमाले फेरि एकपटक आफूलाई रोनाल्डोको अनुपस्थित पूरा गर्न सक्षम रहेको देखाएका छन् । रोनाल्डोले रियल छाडेपछि उनलाई टिमको मुख्य स्ट्राइकरको भूमिका र अवसर पनि मिल्यो ।

‘म मैदानमा रोनाल्डोलाई आफ्नो स्पेस दिन कहिले एक छेउ त कहिले अर्को छेउ पुगिरहन्थे । उनले क्लब छोडेपश्चात् गोल गर्ने र सहकर्मीलाई गोलको लागि सहयोग गर्ने जिम्मेवारी मेरो काँधमा आयो ।’ फ्रान्स फुटबलसँगको अन्तरवार्तामा उनी भन्छन् ।

सन् २००९ मा म्याड्रिडसँग जोडिएका बेन्जेमालाई निस्वार्थी स्ट्राइकरको रुपमा पनि चिनिन्छ । बेन्जेमाले फ्रान्सलाई अघिल्लो सिजनको नेशन्स लिगको उपाधि दिलाउन पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

स्पेनविरुद्धको फाइनलमा उनको एक गोलको मद्दतले फ्रान्सले २–१ को जित निकालेको थियो । यो सिजनमात्रै ला लिगामा २४ र च्याम्पियन्स लिगमा ११ गोल गरेका छन् ।

हालसम्म च्याम्पयन्स लिगमा उनले ८२ गोल गरेका छन् । यससँगै उनलाई च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्नेको सूचीमा चौथो स्थानमा छन् ।

लामो अनुभव, उपयुक्त अवसर र उत्कुष्ट प्रदर्शनका कारण धेरैले बेन्जेमालाई यो वर्ष फुटबल जगतकै सबैभन्दा प्रतिष्ठित बालोन डि ओरको प्रमुख दाबेदार पनि मानेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ३ : ०० बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि