बैतडीमा तीन दलको जिल्ला स्तरीय संयन्त्र गठन « Khabarhub

बैतडीमा तीन दलको जिल्ला स्तरीय संयन्त्र गठन


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्न बैतडीमा तीन दलले जिल्ला स्तरीय संयन्त्र गठन गरेका छन् ।

सत्ता साझेदार दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बिहीबार बसेको संयुक्त बैठकले स्थानीय तहहरूमा चुनावी तालमेल गर्न जिल्ला स्तरीय संयन्त्र गठन गरेको हाे ।

बैठकको निर्णयअनुसार गठबन्धनमा रहेका दलहरूको केन्द्रीय परिपत्र तथा निर्देशनअनुसार जिल्लामा गठबन्धनको प्रभावकारिता एवं छलफलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरिएको हो ।

संयन्त्रमा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक संकर भण्डारी र नेकपा (एस) का इन्चार्ज प्रमानन्द भट्ट रहेका छन् ।

यसैगरी, जिल्लामा रहेका १० ओटै स्थानीय तहमा गठबन्धनको केन्द्रीय सर्कुलरअनुसार निर्णय गर्ने बताइएको छ ।

Avatar

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ४ : ४४ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’