चौतारा दारेगौंडामा ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क निर्माण « Khabarhub

चौतारा दारेगौंडामा ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क निर्माण


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– चौतारा साँगाचोकगढी नगरपालिका-६ स्थित दारेगौंडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमासहितको बुद्धपार्क निर्माण गरिएको छ । पर्यटन प्रवर्द्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजना अनुरुप नगरपालिकाको नगर गौरवको योजना अनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क निर्माण गरिएको हो ।

सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै आरामदायी यात्रासँग पुग्न सकिने उक्त बुद्धमूर्ति ६७ फिट अग्लो रहेको छ । अरनिको राजमार्गको सुकुटे आउने पर्यटकलाई यहाँसम्म ल्याउने योजना रहेको नगरपालिका मेयर अमानसिंह तामाङले बताए । सो बुद्ध पार्कबाट जुगल हिमाल, काभ्रेको प्रसिद्ध पलाञ्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट देख्न सकिन्छ ।

समुद्र सतहबाट दुई हजार एक सय ५० मिटरको उचाइमा रहेका पर्यटकीय हिमाली गाउँ ओखरेनीमा रहेको चिया बगानसम्म पर्यटक लैजाने बुद्ध मूर्तिको प्रतिमाले महत्व राख्दछ । सदरमुकामबाट बुद्ध पार्क सवारीको प्रयोगबाट पनि पुग्न सकिन्छ भने आधा घण्टा पैदलबाट पनि जान सकिन्छ ।

बिहीबार सो निर्मित भ्यु टावरसहितको बुद्ध पार्कको सभामुख अग्निप्रसाद सापकोटाले समुद्घाटन गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ४ : २६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच