दुर्गेश आउट, जी–बब  इन  « Khabarhub

दुर्गेश आउट, जी–बब  इन 


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय दुर्गेश थापाको समय ठीकठाक छैन । गीत गाउन नआउने गायक भनेर लामो समय आलोचना खेपेका दुर्गेश पछिल्लो समय अभिनेता पल शाह प्रकरणमा मुछिए । त्यस यता अभिनेता शाहको फ्यानको निशानामा परेका दुर्गेशलाई ‘ए मेरो हजुर ४’ टिमले स्क्रिन स्पेस नदिने भएको छ । प्रदर्शनको संघारमा रहेको ‘ए मेरो हजुर ४’ बाट उनले पहिला नै गायकको रुपमा हात झिक्नु परेको थियो । 

एक टिभी अन्तर्वार्तामा गीत गाउन नसक्दा मात्र होइन, गायक नचिन्दा कडा आलोचना खेपेपछि स्वर हटाउने निर्णय गरेको ‘ए मेरो हजुर ४’ टिमले अभिनेता शाह प्रकरण पश्चात उक्त गीतको दृश्यबाट समेत हटाएको छ । निर्माण टिमले सम्भावित विवादलाई मध्ये नजर गर्दै दुर्गेश थापा देखिएका गीत तथा दृश्य सम्पादन गर्ने निर्णय गरेको हो ।

यसका साथै निर्माण टिमले हालसालै मात्र उनको ठाउँमा जी–बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीको स्वर राख्ने निर्णयसहित गीत रेकर्ड गराइसकेको छ । 

 

आजभोलि नै सार्वजनिक हुन लागेको गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ । उनको स्वर रहेको ‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर कल्चरमा सामेल भइसकेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ४ : ०९ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको