दुर्गेश आउट, जी–बब  इन  « Khabarhub

दुर्गेश आउट, जी–बब  इन 


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय दुर्गेश थापाको समय ठीकठाक छैन । गीत गाउन नआउने गायक भनेर लामो समय आलोचना खेपेका दुर्गेश पछिल्लो समय अभिनेता पल शाह प्रकरणमा मुछिए । त्यस यता अभिनेता शाहको फ्यानको निशानामा परेका दुर्गेशलाई ‘ए मेरो हजुर ४’ टिमले स्क्रिन स्पेस नदिने भएको छ । प्रदर्शनको संघारमा रहेको ‘ए मेरो हजुर ४’ बाट उनले पहिला नै गायकको रुपमा हात झिक्नु परेको थियो । 

एक टिभी अन्तर्वार्तामा गीत गाउन नसक्दा मात्र होइन, गायक नचिन्दा कडा आलोचना खेपेपछि स्वर हटाउने निर्णय गरेको ‘ए मेरो हजुर ४’ टिमले अभिनेता शाह प्रकरण पश्चात उक्त गीतको दृश्यबाट समेत हटाएको छ । निर्माण टिमले सम्भावित विवादलाई मध्ये नजर गर्दै दुर्गेश थापा देखिएका गीत तथा दृश्य सम्पादन गर्ने निर्णय गरेको हो ।

यसका साथै निर्माण टिमले हालसालै मात्र उनको ठाउँमा जी–बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीको स्वर राख्ने निर्णयसहित गीत रेकर्ड गराइसकेको छ । 

 

आजभोलि नै सार्वजनिक हुन लागेको गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ । उनको स्वर रहेको ‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर कल्चरमा सामेल भइसकेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ४ : ०९ बजे

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख

नेपालगञ्जमा इद उल फित्र मनाइयो

नेपालगञ्ज– मुश्लिम धर्मावलम्बीहरूले आज बाँकेको नेपालगञ्जमा इद उल फित्र पर्व

नयाँ सरकार राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर हुनुपर्ने

काठमाडौं– आम जनता पार्टी(आजपा) ले नयाँ सरकार राष्ट्रिय सुरक्षा र

जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न दलित अगुवाहरूको माग

काठमाडौं– दलित अधिकारकर्मी तथा अगुवाहरूले दलित समुदायमाथि हुने जातीय भेदभाव