ओलीका मन्त्रीहरूले सरकारी सम्पत्ति कौडीको भाउमा निजीलाई दिए: मन्त्री आले « Khabarhub

ओलीका मन्त्रीहरूले सरकारी सम्पत्ति कौडीको भाउमा निजीलाई दिए: मन्त्री आले


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ओली सरकारका मन्त्रीहरूले भ्रष्टचार गर्दै सरकारी सम्पत्ति कौडीको भाउमा निजी क्षेत्रलाई दिएको आरोप लगाएका छन् ।

बिहीबार छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव उद्घाटन गर्दै मन्त्री आलेले ओली सरकारले कौडीको भाउमा दिएको सम्पत्ति फिर्ता गर्ने काम तीव्रताका साथ गर्ने पनि बताएका छन्।

आफू मन्त्री भएपछि सरकारी सम्पत्तिको दूरुपयोग हुनबाट रोकिएको र क्यासिनोबाट १ अर्व ५ करोड रुपैयाँ उठेको उनको जिकिर छ ।

त्यस्तै उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने धारणा राखे । उनले एमाले अध्यक्ष ओलीले भन्दै आएको एक क्वीन्टलको ढकलाई आधा किलोमा झार्ने गरी चुनावी तयारी गर्न आग्रह पनि आग्रह गरेका छन् ।

यसैबीच कोरोनाका कारण दुई वर्ष थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि सबै क्षेत्रबाट सहयोग जरुरी रहेको मन्त्री आलेले बताएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ५ : ३२ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर