महिलामाथि नै जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता « Khabarhub

महिलामाथि नै जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता


२४ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारामा दुई वर्षे नाबालिकामाथि हत्याको प्रयास गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका–१ सेमरा तेगछियाकी ४० वर्षीया कलावती देवी गिरी रहेको प्रहरीले जनाएको छ ।

उनले बिहीबार दिउँसो ४ बजे नाबालिका २ वर्षकी (नाम परिवर्तन) आरलाई परिवारसँगको पूर्व रीसीईबी साँध्ने मनाशयले हत्या प्रयास गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको  छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईलेका अनुसार ती महिलाले नाबालिकाको हातखुट्टा बाँधेर संवेदनशील अंगमा जबरजस्ती कपडा कोचेको अनुसन्धानबाट खुलेको हो । त्यसपछि ती महिलाले बालिकालाई मुखमा समेत कपडा कोची घर आगाडि फालेर फरार भएकी थिइन् ।

गिरीलाई शुक्रबार बिहानै पक्राउ गरी जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको एसपी भट्टराईले जानकारी दिए । पक्राउ परेकी गिरीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७६, शुक्रबार  ८ : २९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार