कंगोको रेष्टुरेन्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु | Khabarhub Khabarhub

कंगोको रेष्टुरेन्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रजातान्त्रिक गणतन्त्र कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा ८ जनाको मृत्यु भएको छ ।

कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । सैनिक क्याम्प छेउमा रहेको रेष्टुरेन्टमा विस्फोट भएकाले आक्रमणको निशानामा सैनिकहरु रहेको हुनसक्ने जनाइएको छ ।

बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ

कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिएका छन् । उनले भने– ‘घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ ।’

सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको उनले बताए ।

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १२ : १६ बजे

देउवा बन्न नसकेका ओलीले जिद्दी गरेरै‌ टारे संकट

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौँ महाधिवेशन अगाडि

जेन-जी आन्दोलनको दोष अरूलाई थोपर्‍यो एमालेले : आफ्नै सरकारको कमजोरीबारे बोलेन, माफी पनि मागेन

काठमाडौं- नेकपा (एमाले) को केन्द्रीय कमिटीको दशौं पूर्ण बैठक पार्टी

यु–१७ एसियन कपको छनोट : नेपाल थाइल्याण्डसँग १२–०ले पराजित

काठमाडौं – थाइल्याण्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु–१७

‘प्रहरीले राज्यविहीनताको अवस्था आउन दिँदैन’

काठमाडौं- जेन–जी आन्दोलन पश्चात नागरिकहरुलाई राज्यविहीनताको भानले सताइरहेको छ ।