नेपालका १८ वटा हिमाल आरोहण गर्न ५०५ जनाले लिए अनुमति « Khabarhub

नेपालका १८ वटा हिमाल आरोहण गर्न ५०५ जनाले लिए अनुमति


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँँ यसवर्ष नेपालका १८ वटा हिमाल आरोहण गर्नका लागि ५०५ जनाले अनुमति लिएका छन् । 

पर्यटन विभागका अनुसार यसवर्ष हालसम्म ६१ वटा समूहलाई हिमाल आरोहणको अनुमति दिइएको छ । ती समूहमा ३८९ पुरुष र ११६ जना महिला गरी कुल ५०५ जना रहेका छन् । 

यसवर्ष सबैभन्दा बढीले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्नका लागि अनुमति लिएका छन् । हालसम्म २३ समूहमा २०४ जनाले सगरमाथा आरोहणको लागि अनुमति पाएका छन् । सगरमाथा आरोहणका लागि अनुमति पाउनेमा १५८ पुरुष र २०४ महिला छन् । 

सगरमाथा पछि दोस्रो ठूलो संख्या लोत्से हिमाल आरोहणका लागि अनुमति लिनेहरूको छ । लोत्से हिमाल आरोहण गर्न हालसम्म ५२ जनाले अनुमति लिएका छन् ।

विभागका अनुसार आमादब्लमका लागि ३९, अन्नपूर्ण फर्टका लागि २६, बरुन्त्सेका लागि १६, धौलागिरीका लागि २१, हिमलुङका लागि १६, कञ्चनजङ्गाका लागि ४६, मकालुका लागि १५, मनास्लुका लागि ९, नुप्त्सेका लागि २८ जनाले अनुमति पाएका छन् ।

यसवर्ष हिमाल आरोहणका लागि अनुमति दिँदा हालसम्म २९ करोड ७४ लाख ३४ हजार ८०१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : ५६ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन